Wednesday, February 2, 2022

घरमा पार्किङ गरि राखेको मोटरसाइकल चोर्ने तीनजना चोर पक्राउ

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १९

     सर्लाही प्रहरीले तीनजना व्यक्तिलाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको छ। 

    पक्राउ पर्नेमा पक्राउ पर्नेहरुमा सर्लाहीको  लालबन्दी नगरपालिका वडा न–५ बस्ने मोहन चौधरीका २९ वर्षीय सूर्यदीप चौधरी, सोही ठाउँका १९ वर्षीय रुपेश माझी मुसहर र सोही नगरपालिकाको वडा न-१५ बस्ने दुर्गा बहादुर रेग्मी का २९ वर्षीय सोमबहादुर रेग्मी रहेका छन् । प्रहरीले उनीहरुलाई सोमबार  लालबन्दी नपा वडा न-५ निवासी  ज्ञानबहादुर क्षेत्रीको मोटरसाइकल चोरी गरेको आरोपमा लालबन्दी नपा-५ मेजरगंजबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिएको छ।

   डिएसपी बुढाथोकीका अनुसार उनीहरू तीनैजनाले गत माघ ७ गते राती मोटरसाइकल धनी क्षेत्रीले आफ्नै घरको बरण्डामा पार्किङ गरेर राखेको प्रदेश २–०३–००१ प १०१९ नम्बरको रातो कालो रंगको १२५ सीसी होण्डा साइन मोटरसाइकल चोरी गरेका थिए। उक्त मोटरसाइकल चोरी भएको सूचना पाए लगत्तै प्रहरी द्वारा  खोजतलास गर्नेक्रममा सोमबार साँझ  तीनैजनालाई मेजरगंजबाट चोरी भएको मोटरसाइकलसहित पक्राउ गरिएको हो। 

    तीनैजनालाई मोटरसाइकल चोरहरुलाई इलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखेर थप अनुसन्धान जारी रहेको डिएसपी बुढाथोकीले बताए ।


No comments:

Post a Comment