Wednesday, February 9, 2022

खाताधारीको जानकारी बगैर नेबैली मलंगवा शाखामा खाताधारीको खाताबाट रकम चोरी,रकम चोरीमा मोबाइल बैंकिङको प्रयोग भएको पिडित खाताधारीको गुनासो

 

पिडित खाताधारी-शिवनाथ प्रसाद


मनोज यादव---

सर्लाही,माघ २५

    नेपाल बैंक लिमिटेड मलंगवा  शाखाबाट एकजना ग्राहक को रकम (चोरी) हराएको छ ।

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२ बस्ने बोनी ट्रेडर्स समेतका संचालक शिवनाथ प्रसादको नाममा रहेको खाताबाट फरक फरक मिति र समयमा गरि १ लाख ७८ हजार ३४० रुपैयाँ चोरी भएको छ ।

   नेबैली को मलंगवा शाखामा आफुले  बोनी ट्रेडर्सको नाममा ०२९००१०१२१२१४७०००००१ नम्बरको खाता र आफ्नो नाममा ०२९०१००७१२६९४७०००००१ नम्बरको खाता संचालन गर्दै आएको र सोही खाताहरुबाट आफुलाई कुनै किसिमको जानकारी नगराइ विभिन्न मिति र समयमा रकम झिकिएको उनले बताए ।
   आफुले खाताबाट पैसा नझिक्दा पनि रकम हराएको जानकारी पाए लगत्तै नेबैली मलंगवा शाखा प्रबन्धक शम्भु ठाकुरलाई सो कुराको जानकारी गराइ खाताबाट चोरी भएको रकम तुरुन्त खातामा जम्मा गराई दिन भन्दै नेबैली मलंगवा शाखामा लिखित निवेदन दिइसकेको साथै रकम निकाल्ने ब्यक्तिको बारेमा छानबिन गरि चोरी भएको रकम उपलब्ध गराइ दोषीलाई कानुन बमोजिम कार्यवाही गर्न भनि जिल्ला प्रहरी कार्यालय मलंगवामा समेत लिखित उजुरी दिइसकेको शिवनाथले बताएका छन् ।

     नेबैली मलंगवा शाखाका प्रवन्धक ठाकुरले आफुले जानकारी पाउने बित्तिकै हेड अफिसमा जानकारी गराएको र हेड अफिसले पनि फोन पे कम्पनीलाई छानबिनको लागि भनिसकेको र उक्त कम्पनीले पनि सम्बन्धित ठाउँहरुमा जानकारी पठाइ सकेको बताए ।धेरै ठाउँमा खाता रोक्का समेत गरिसकिएको छ।यो एउटा गम्भीर विषय भएकोले यस सम्बन्धि राष्ट्र बैंकले पनि वृहत् रुपमा छानबिन गरिरहेको र छानबिन प्रक्रिया धेरै अगाडी बढी सकेको शाखा प्रबन्धक ठाकुरले जानकारी दिए।

    खाताधारीले दिएको उजुरीको आधारमा  खाताबाट रकम के कसरी  चोरी भएको भन्ने विषयमा छानबिनका लागि सोमबार नेबैली मलंगवा शाखालाई पत्र पठाइसकेको जिल्ला प्रहरी कार्यालय मलंगवाले बताएको छ।

     पछिल्लो समय इन्टरनेट को माध्यमबाट हुने अपराधहरु बढिरहेका छन् । पछिल्लो समय सेवा दिने प्रतिष्पर्धाको नाममा बैंकहरुले मोबाइल बैंकिङ सेवा दिदै आएका छन् । तर सेवा दिने अनि सेवा लिने सुरक्षाको विधि बैंकहरु र स्वयं  सेवाग्राहीहरुले पनि नपनाउँदा विभिन्न अपराधिक घटनाहरु बढीरहेका छन् ।

No comments:

Post a Comment