Saturday, February 12, 2022

मलंगवाको बालगृहमा आश्रित बालबालिकालाई ज्वाइन आवर हैण्ड्सले बाँडे टिसर्ट





लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ २९

   सर्लाहीको सदरमुकाम मलंगवामा रहेको ज्वाइन आवर हैण्ड्स नामक एक गैरसरकारी संस्थाले अनाथ बालबालिकालाई संस्थाको नाम अंकित टिसर्ट वितरण गरेको छ।

   संस्थाका अध्यक्ष राजेश पंडितले   विवेक कुमार साहको संयोजकत्वमा शनिवार एक कार्यक्रमको आयोजना गरि मलंगवा नगरपालिका वडा न-८ स्थित बाल मन्दिरको बालगृहमा आश्रय लिएका अभिभावक विहिन बालबालिकालाई टिसर्ट वितरण गरेको बालगृहका संरक्षक तथा लेखापाल राम लखन महतोले जनाएको छ।  

   बाल मन्दिरकै प्रांगणमा आयोजना भएको कार्यक्रममा संस्थाका सदस्य शिवनाथ यादव,स्वस्तिका कुमारी ,स्वेच्छा सोनी लगायतको उपस्थिति रहेको थियो।

   


No comments:

Post a Comment