Saturday, June 4, 2022

७ वर्षीया बालिकाकाे पाेखरीमा डुबेर मृत्यु




लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ २१

    नेपाल भारत सिमा नजिकै पर्ने सर्लाहीको पर्सा गाउँपालिकामा एक ७ वर्षीया बालिकाको पोखरीमा डुबेर ज्यान गएको छ।मृत्यु हुनेमा पर्सा गाउँपालिका वडा न-६ निवासी शम्भु राम महराकी छोरी  पिंकी कुमारी महरा रहेकी छिन् ।

    प्रहरीको अनुसार गत शुक्रबार अपराह्न  ४ बजे बाख्रा चराउन भनि घरबाट निस्किएकी बालिका  साँझ अबेरसम्म पनि घर नफर्किए पछि  खाेजी गर्दै जाँदा उनी सोही ठाउँका स्थानीय  संतोष साहको पोखरीमा डुबेर मृत अवस्थामा फेला परेका थिए।

  

No comments:

Post a Comment