Thursday, June 30, 2022

कस्टम हायरिङ सेन्टर स्थापनाको लागि बरहथवा र बागमतीका सहकारीलाई कृषि उपकरण प्रदान

 



मनोज यादव---

सर्लाही,असाढ १६

कस्टम ह्यारिङ्ग सेन्टर स्थापनाको लागि  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईले सर्लाहीका २ कृषि सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा कृषि उपकरणहरु प्रदान गरेको छ।

   परियोजना प्रमुख राम दरेश रायको अध्यक्षता आज(बिहिवार)दिउँसो एक कार्यक्रमको आयोजना गरि जिल्लाको बरहथवा नगरपालिका-५ स्थित रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड  र बागमती नपा-५ स्थित रहेको श्रमिक मकै उत्पादन कृषि सहकारी संस्था लिमिटेडलाई १-१ थान ट्याक्टर,रोटाभेटर,मकै थ्रेसर र कल्टिभेटर प्रदान गरेको छ।

   प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र परियोजना प्रमुख रायले बरहथवा स्थित साना किसान  कृषि सहकारीका अध्यक्ष राम सागर महतो तथा बागमती स्थित श्रमिक मकै उत्पादन कृषि सहकारीका अध्यक्ष सन्त बहादुर विश्वकर्मालाई ती सामाग्रीहरु हस्तान्तरण गरेको  परियोजना कार्यान्वयन इकाई सर्लाहीले जनाएको छ।

   यस्ता कृषि उपकरणहरुले किसानले गर्दै आएको खेतीमा आधुनिकीकरणको माध्यमबाट उत्पादन बढाएर लागत घटाउने काममा सहयोग पुर्याउने साथै किसानको परम्परागत खेतीलाई आधुनिकीकरण गर्न, मानव श्रम कम गर्न र लागत घटाएर उपकरणको प्रयोग गरी उत्पादन बढाउने काममा सहयोग गर्ने परियोजना प्रमुख रायले बताउनुभयो ।

No comments:

Post a Comment