Thursday, June 2, 2022

पब्लिकमा निशुल्क पुस्तक बाँडियो

  




लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ १९

   नयाँ शैक्षिक शत्र शुरु भएसंगै सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२ स्थित पब्लिक माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई निशुुल्क पुस्तक वितरण गरेको छ ।

  विद्यालयमा आज(बिहीबार)विद्यालय व्यवस्था समितिका सदस्य गोविन्द प्रसाद साहको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी कक्षा–१ देखि १० सम्मका विद्यार्थीलाई पुस्तक वितरण गरेको हो।

     पुस्तक वितरण कार्यक्रममा  विद्यालय  व्यवस्थापन समितिका पदाधिकारी ,प्रअ सुवास यादव,शिक्षक तथा अभिभावकहरुको उपस्थित रहेको विद्यालयका शिक्षक राम विश्वास साहले जनाएको छ।

   यस विद्यालयमा नेपालीको साथै अंग्रेजी माध्यमबाट पनि पठनपाठन हुने गरेकोले आज नेपाली माध्यमका विद्यार्थीहरुलाई पुस्तक वितरण गरिएको र अंग्रेजी माध्यमका विद्यार्थीहरुलाई पनि केही दिन भित्रै निशुल्क रुपमा पुस्तक वितरण गरिने शिक्षक साहले बताएको छ।

   निशुल्क रुपमा पुस्तक पाएपछि विद्यार्थीहरु मात्र नभइ तिनका अभिभावकहरु समेत खुसी भएका छन् ।

No comments:

Post a Comment