Monday, June 13, 2022

सर्लाहीमा असाढ ५ गते जिल्ला समन्वय समितिको चुनाव हुने




लोकतन्त्र समाचारदाता----

सर्लाही,जेठ ३०

     सर्लाहीमा असाढ ५ गते  जेठमा जिल्ला समन्वय समितिको चुनाव हुने भएको छ । कार्यपालिकाको चुनाव सम्पन्न १० दिनभित्र जिल्ला समन्वय समितिको चुनाव गरिसक्ने प्रावधान अनुसार असाढ ५ गतेका लागि चुनाव गर्ने मिति तोकिएको जिल्ला  निर्वाचन कार्यालय मलंगवा, सर्लाहीेले जनाएको छ ।

   ९ सदस्यीय जिल्ला समन्वय समितिको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका समेत प्रकाशन गरिसकेको छ । प्रमुख, उपप्रमुख, महिला सदस्य, दलित वा अल्पसंख्यक सदस्य र  खुला सदस्य गरेर ९ जनाका लागि चुनाव हुने बताइएको छ । 

    जिल्ला समन्वय समितिको चुनावका लागि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु मात्र निर्वाचनमा उमेदवार हुन पाउने प्रावधान रहेको छ भने नगर प्रमुख,नगर उपप्रमुख ,गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुले मात्रै मतदान गर्न पाउने प्रावधान रही आएको छ । 

   जिल्ला समन्वय समितिको निर्वाचनका लागि असाढ २ गते मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । निर्वाचनका सबै प्रक्रिया पूरा गरेर असाढ ५ गते चुनाव हुने जि.नि.का ले बताएको  छ । 


No comments:

Post a Comment