Monday, June 6, 2022

स्रोत नखुलेको साढे सात लाख रुपैयाँ सहित एक भारतीय नागरिक पक्राउ

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ २३ गते ।

   स्रोत नखुलेको अवेध रकमसहित एक भारतीय युवक त्रिभुवननगरबाट पक्राउ परेको छ।

    पक्राउ पर्नेमा भारत विहारको सितामढी जिल्ला ग्राम सोनवर्षा वडा न-२ बस्ने शिवधारी महतोको अन्दाजी ४० वर्षीय छोरा विश्वनाथ महतो रहेको छ। निजलाई ब्रह्मपुरी गाउँपालिका वडा न-४ त्रिभुवननगर स्थित भारतको सोनवर्षाबाट BR 30 E 3914 नम्बरको मोटरसाइकलमा आउँदै गरेको अवस्थामा डिउटीमा रहेको प्रहरीलाई शंका लागेर चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनी रहेको ब्याट्रीको बक्स भित्रबाट श्रोत नखुलेको  ७ लाख ५० हजार ने.रु बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीला प्रवक्ता एवं डिएसपी विजय यादवले जनाएको छ।

     महतोलाई  अवैध रकमसहित नियन्त्रणमा लिएर आवश्यक अनुसंधान सुरु गरिसकेको प्रहरीले जनाएको छ।


No comments:

Post a Comment