Friday, June 24, 2022

सर्लाहीको हरिपुर्बा नगरपालिकाले ल्यायाे ५७ कराेड १९ लाखकाे बजेट


बखतियार अलि----                  सर्लाही १० असार ।

    सर्लाहीको हरिपुर्बा नगरपालिकाले  आफ्नो  १० औं  नगरसभा सम्पन्न गरेकाे छ । 

  नगर प्रमुख बिनाेद कुमार साहले नगरसभाबाट  आ, व, २०७९/०८० का लागि नीति, कार्यक्रम तथा ५७ कराेड १९ लाख २८ हजारकाे बजेट प्रस्तुत गर्नुभयाे ।  यस पालिकाे बजेटबाट नगरकाे समुचित बिकासलाई ध्यानमा राखि बजेट बिनियाेजन गरिएकाे नगर प्रमुख बिनाेद कुमार साहले सभालाई सम्बोधन गर्दै  बताउनु भयाे । नगर प्रमुख बिनाेद कुमार साहले आ.व २०७९/०८० का लागि प्रस्तुत गर्नु भएकाे जम्मा बजेट ५७ कराेड १९ लाख २८ हजार छ, जसमा केन्द्रीय सशर्त अनुदान १६ कराेड ८१ लाख, बिशेष अनुदानमा २ कराेड रहेकाे छ । त्यस्तै प्रदेशबाट सशर्त अनुदान ८० लाख, समानिकरणबाट ८० लाख राजस्व बाडफाडबाट ३७ लाख त्यस्तै बिशेष अनुदान ३० लाख र समपुरकमा २० लाख प्रदेशबाट आउने छन । त्यस्तै हरिपुर्बा नगरपालिकाकाे आन्तरिक आम्दानीबाट २ कराेड आउने पनि अनुमान गरिएकाे छ ।

   कार्यक्रममा सचिवकाे हैसियतले प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालले उपस्थिति जनाउदै आफ्नो  सम्बोधनमा यस पालिकाकाे प्रस्तावित बजेट ऐतिहासिक रहेकाे जिकिर गर्दै जनभावना अनुसार नीति र कार्यक्रम बनाउन सबैलाई आग्रह गर्नुभयाे ।

   नगरसभामा बिशिस्ट अतिथिकाे रूपमा हरिपुर्बा नगरपालिकाका निबर्तमान मेयर सियाराम राय, तथा जिल्ला समन्वय समितिका सदस्य रामशिला देवीकाे उपस्थित रहेकाे थियाे । नगर सभाकाे संचालन कार्यालयका ना.सु डाेरबहादुर तामांगले गर्नु भएकाे थियाे । 

   नगरसभामा  सुरक्षा निकाय,  नागरिक समाज, राजनीतिक दल र पत्रकारहरूकाे उपस्थित रहेकाे थियाे ।

No comments:

Post a Comment