Tuesday, June 7, 2022

गोडैताका पुनः निर्वाचित मेयर देवेन्द्र यादवद्वारा जयपुरमा विद्यालय भवनको शिलान्यास

 




मनोज यादव---

सर्लाही,जेठ २४

    गोडैता नगरपालिकाका पुनः निर्वाचित मेयर देवेन्द्र यादवले आफ्नो दोस्रो कार्यकालको सुरुवात शिक्षा क्षेत्रमा लगानीबाट गरेको छ।

   यसअघिको चुनाव जितेर जनताको चाहना अनुसारनै  विकास तथा सुधारका कामहरु गर्नुभएको मेयर यादवले जनताको मत पाएर पुनः दोस्रो पटक निर्वाचित भएपछि विकास तथा सुधारका कामहरुलाई निरन्तरता दिंदै दोस्रो कार्यकालको सुरुवात शिक्षाको क्षेत्रमा लगानी गर्दै जयपुरमा विद्यालय भवनको शिलान्यास गर्नुभएको छ।

   ३६ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको जयपुर स्थित उक्त विद्यालय भवनको शिलान्यास मेयर यादवले विधिवत रुपमा गर्नु भएको गोडैता नगरकार्यपालिकाले जनाएको छ।

   भवनको शिलान्यास गर्दै मेयर यादवले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ।

No comments:

Post a Comment