Thursday, June 9, 2022

ब्रह्मपुरीमा डेंगु लगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि सरोकारवालाहरु बीच अभिमुखिकरण


 


लोकतन्त्र समाचारदाता----

सर्लाही,जेठ २६

    सर्लाहीको ब्रह्मपुरी गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखाले  डेंगु लगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि जनप्रतिनिधि,समाजसेवी,नागरिक समाज,वडा सचिव,राजनीतिक दल,बुद्धिजीवी,व्यापारी,सुरक्षाकर्मी, पत्रकार लगायत सरोकारवालाहरु बीच  अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ ।

    बिहिवार गाउँपालिकाको सभाहलमा आयोजना भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख  उपेन्द्र राउतले डेंगु रोगको प्रकोप बढ्दै गएको हुँदा यसको रोगका लक्षण, यसबाट हुने खतरा र यसबाट जोगिने उपायका बारेमा जानकारी गराएका थिए । उनले डेंगुको संक्रमणबाट बच्न

घर वरपर रहेको पानी जम्ने खाल्डाखुल्डी पुर्न, लामखुट्टेको टोकाईबाट जोगिन झुल टाँगेर सुत्न, घरबाहिर करेसाबारीमा काम गर्न जाँदा सकेसम्म शरीर पूरै छोपिने गरी लुगा लगाउन, घर वरपर सफा राख्न, लामखुट्टे भएका स्थानमा किटनाशक औषधिको प्रयोग गर्न सुझाव दिएका थिए।

    कार्यक्रमको अध्यक्षता गर्नुभएका प्रमुख प्रशासकीय अधिकृत सैलेश यादवले डेंगुको लक्षण देखिना साथ तुरुन्त  चिकित्सकलाई देखाउन सुझाव दिएका थिए।

   स्वास्थ्य शाखाका हे.अ विवेक कुमार साहले संचालन गरेको कार्यक्रममा ब्रह्मपुरी गापा शिक्षा शाखा प्रमुख जय प्रकाश,जलधर कमलदेव नमूना माविका प्रअ रामेश्वर प्रसाद यादव,पालिका अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयका प्रअ,बुद्धिजीवी, लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।



No comments:

Post a Comment