Wednesday, June 15, 2022

प्रेरणा,भि.एस.ओ र एच.आइ ले कौडेना गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मानित गर्दै शैक्षिक योजना बारे छलफल गरे

 

 

मनोज यादव---

सर्लाही,असाढ १ गते।

    सर्लाहीमा कार्यरत तीनवटा गैरसरकारी संस्थाले कौडेना गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बुधबार संयुक्तरूपमा सम्मान गरेको छ।

     आयोजक संस्थाहरुले गाउँपालिका अध्यक्ष,उपाध्यक्ष तथा यस गापा अन्तर्गतका ७ बटा वडाका वडाध्यक्षहरुलाई  प्रेरणा,VSO र handicap international को साझेदारी तथा  UKaid को आर्थिक सहयोगमा किशोरी सशक्तीकरणको लागि शिक्षा कार्यक्रम (ENGAGE)अन्तर्गत संचालित नवनिर्वाचित जनप्रतिनिधिहरुसँग परिचयात्मक तथा छलफल कार्यक्रमको आयोजना गरि मधेशको सान गमछा ओढाएर सम्मान गरि सफल कार्यकालको शुभकामना दिएका हुन।

     गापा अध्यक्ष रुपेश कुमारको अध्यक्षता तथा  प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवको प्रमुख  आतिथ्यतामा आयोजना भएको कार्यक्रम मार्फत हालै निर्वाचित भएर आएका जनप्रतिनिधिहरुलाई ENGAGE कार्यक्रमको बारेमा जानकारी गराइ के-कस्ता कुराहरुलाई समावेश गरेर शैक्षिक योजनाहरु बनाउने भन्ने विषयमा छलफल गरिएको छ।अब बन्ने शैक्षिक योजनामा लैंगिक समावेशीतालाई प्राथमिकतामा राख्न,बालिकालाई शिक्षाको मूलधारमा ल्याउन नगर स्तरीय बालिका तथा सामाजिक शिक्षा संजाल परिचालन गर्न र यस पालिकामा संचालित सामुदायिक सिकाई केन्द्रहरुलाई दिगोपना दिने लगायतका विषयमा छलफल गरिएको प्रेरणाका परियोजना संयोजक रामचन्द्र चौधरीले जानकारी दिए।

    कौडेना गापाको सभाहलमा आयोजना भएको कार्यक्रममा  उपाध्यक्ष नगिना देवी,प्रमुख,वडा न १ देखि वडा न-७ सम्मका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु ,प्रेरणाका कार्यकारी निर्देशक कपिल पोखरेल,VSO का जिल्ला परियोजना अधिकृत राजन कुमार कर्ण लगायत साझेदार संस्थाका कर्मचारी तथा पालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

No comments:

Post a Comment