Wednesday, June 22, 2022

किसानको समस्या तत्कालै समाधान नगरे कडा रुपमा सडक आन्दोलन गर्ने प्रदेश सांसद अशोक यादवको सरकारलाई चेतावनी

 

---सिजनमै मल नपाउँदा किसानलाई रोपाइँको चिन्ता-- 

 


मनोज यादव---

सर्लाही,असार ८

     घान रोपाइँ गर्ने तयारीमा रहेका सर्लाहीका किसानहरुलाई सिजनमै मल खाध नपाएपछि हुर्किसकेको बेर्ना पनि सुक्ने चिन्ताले सताएको छ।

बेर्ना हुर्किएर रोप्ने अवस्थाको भए पनि मलको अभावमा किसानले रोपाइँ गर्न पाएका छैनन्। नेपालमा बढी पैसा तिरेर भएपनि किन्न पाइएको छैन भने सिमावर्ती भारतीय बजारबाट नेपाली सुरक्षाकर्मीले ल्याउन  नदिएको किसानहरुले गुनासो गरेका छन् ।

     आफ्नो ३ बिगहा खेतमा रोपाइँ गर्ने तयारीमा रहेका कबिलासी नगरपालिका वडा न-९ सलेमपुरका किसान घनश्याम यादवले धान रोप्दा चाहिने डीएपी मल जति कोशिश गर्दा पनि नपाएको गुनासो गरे,उनले भने, “बेर्ना हुर्किसक्यो,तर अहिलेसम्म  रोपाइँ गर्न पाएको छैन।”मल नहाली रोपाइँ गर्दा फसल राम्रो नहुने उनी सुनाउँछन्। मलको प्रतीक्षा गर्दागर्दै रोपाइँ गर्न ढिला भएको उनले दुःखेसो पोखे। 

     “सहकारीमा जाँदा मल आज आउँछ, भोलि आउँछ भन्दै कर्मचारीहरुले आश्वासन मात्र दिने गरेका छन् । मलको लागि  सहकारीमा  धाउन थालेको महीना दिन भइसक्यो,मल अझै आएको छैन,” सलेमपुरकै अर्का एक किसान कुन्दन यादवले भने। नेपालमा मल नपाएपछि उनले सीमावर्ती भारतीय बजारमा गएर ल्याउन खोजेका थिए। भारतमा सहज रूपमा खरीद गर्न पाए पनि सीमानाकाबाट नेपाली सुरक्षाकर्मीले ल्याउन नदिने गरेको उनले सुनाए। “भारतबाट त सजिलै ल्याउन पाइन्छ। उताका सुरक्षाकर्मीले केही रोकटोक गर्दैनन्, हाम्रै तिरको सुरक्षाकर्मीले रोक्ने गरेका छन् । “जब हाम्रो सरकारले समयमा मल उपलब्ध गराउन सक्दैन भने कमसेकम  हामीलाई  भारतबाट त ल्याउन दिनुपर्यो ”कुन्दनले रोष प्रकट गर्दै भने।

    मधेश प्रदेश सरकारका प्रदेश मामिला सभापति एवं प्रदेश सांसद अशोक कुमार यादवले रोपाइँ गर्ने सिजनमा मलको अभाव हुँदै आएको समस्या एकदुई पटकपटको मात्र नभइ हरेक वर्षको रहेको बताउनुभयो । देशकै अन्न भण्डार मानिएको तराईमा मल खाधको अभावमा हजारौं बिगहा खेतियोग्य जमिन बाँझो बन्दै गएको छ।यहाँ किसानहरु खेतिपाती गर्न छाडेर अन्य बैकल्पिक रोजगार तर्फ लाग्न थालेका छन् ।जसले गर्दा हाम्रो देशमा अन्नको कमि भएको छ।

    देशलाई यस्तो समस्या बाट जोगाउन र पलायन भइसकेका र पलायन हुने तयारीमा रहेका  किसानलाई कृषिकार्य तर्फ फर्काउन  सरकारले किसानको समस्या समाधान गर्नुपर्छ,प्रदेश सांसद यादवले भन्नुभयो।

    यदी सरकारले किसानको समस्या समाधान गर्न पहल गर्दैन भने आफु सडक आन्दोलन बाटै सकृय राजनीतिमा आएकोले हाम्रा अन्नदाता किसानकोलागि पुनः कडा रुपमा सडक आन्दोलन गर्ने उहाँले चेतावनी दिनुभयो।

   सरकारले किसानलाई आवश्यक परेको बेला सहुलियत रुपमा मल खाध उपलब्ध गराउनु पर्यो यात भारतबाट ल्याउँदा सिमानाकामा कुनै किसिमको रोकटोक नगरी ल्याउन दिनुपर्यो प्रदेश सांसद यादवले भन्नुभयो।

    ठूला ब्यापारीहरु सिमानाकामा खटिएका सुरक्षाकर्मीहरु तथा तिनका प्रमुखलाई  महिनावारी रुपमा मोटो रकम बुझाएर  ट्रक, ट्याक्टर लगायतका सवारीसाधनमा लोड गरेर बोराको बोरा मल खाध भारतबाट ल्याउँदा कुनै रोकटोक नगर्ने तर किसानले एकदुई बोरा साइकलमा बोकेर ल्याउँदा पक्रेर मोटो रकम माग्ने गरेका छन् । उनीहरूले मागेजतिको रकम नदिएको खण्डमा एक बोरा मल मात्रै रहेपनि भन्सारमा लगेर बुझाइदिने गरेको किसानहरुले गुनासो गरेका छन्।

No comments:

Post a Comment