Monday, June 27, 2022

आ.व २०७९/०८० को लागि निति तथा कार्यक्रम माथि बजेट प्रस्तुत गर्दै धनकौल(पश्चिमी)गाउँपालिकाको नवौं गाउँ सभा सोमबारबाट सुरू

 




मनोज यादव----

सर्लाही,असार १३

   आर्थिक बर्ष २०७९/०८० को लागि  नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै  घनकौल(पश्चिमी) गाउँपालिकाको नवौं गाउँ सभा आज(सोमबार)बाट सुरु भएको छ ।

    प्रमुख अतिथि प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले उद्घाटन गर्नु भएको कार्यक्रममा  गाउँपालिका अध्यक्ष रामआश्रय साहले आ.व २०७९/०८० को निति तथा कार्यक्रमका लागि बजेट प्रस्तुत गर्नु भएको छ।

    गापा अध्यक्ष साहले आर्थिक विकास निति,सामाजिक विकास तर्फ शिक्षा,स्वास्थ्य,महिला, बालबालिका तथा जेष्ठ नागरिक,संस्कृति तथा पर्यटन,खानेपानी तथा सरसफाइ ,पुर्वाधार विकास ,वातावरण तथा विपद व्यवस्थापन,संस्थागत विकास तथा सेवा प्रवाह,वित्तीय व्यवस्थापन र सुशासन,रोजगारी ,सूचना प्रविधि ,न्यायिक समिति र शान्ति सुरक्षा लगायतका लागि कुल बजेट ३६ करोड ३० लाख ९६ हजार रकम विनियोजन गरेको जानकारी गराउनुभयो।जसमध्ये चालु तर्फ २१ करोड ४२ लाख २७ हजार रुपैयाँ र पुँजीगत तर्फ १४ करोड ८८ लाख ६९ हजार रुपैयाँ रहेको छ।

   निति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले धनकौल गाउँपालिकाको "समृद्धिको आधार कृषि,शिक्षा,स्वास्थ्य,मानवीय विकास र भौतिक पुर्वाधार" भन्ने नारालाई मूल नाराको रुपमा लिई विकास व्यवस्थापन, दिगो विकास र सुशासनको प्रत्याभूति हुने वातावरणको सृजना गर्दै लाने बताउनुभयो ।

    धनकौल गापा वडा न-२ बजार स्थित वि.पी स्मृति मञ्चमा आयोजना भएको गाउँसभाको उद्घाटन कार्यक्रममा विशिष्ठ अतिथि गापा उपाध्यक्ष अकली देवी सहनी,संघीय सांसद नागेन्द्र प्रसाद यादव,निवर्तमान प्रदेश सभा सांसद उपेन्द्र कुशवाहा,जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंह,नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह,जिल्ला समन्वय अधिकारी होमनाथ सुवेदी तथा सातवटै वडाका वडाअध्यक्ष, कार्यपालिकाका सदस्य, वडा सदस्य , कर्मचारी,पत्रकार लगायत स्थानियवासिहरुलाई प्रमुख प्रशासकीय अधिकृत कृष्णमोहन प्रसाद साहले मन्तव्य मार्फत स्वागत गर्नु भएको कार्यक्रमका संचालक स्वास्थ्य शाखा प्रमुख अरुण कुमार महतोले जनाएको छ।

No comments:

Post a Comment