श्रीमती कृष्णा देवी जमावि मलंगवामा विद्यालय व्यवस्थापन समिति सदस्यको चयन विवादका कारण भएन
लोकतन्त्र समाचारदाता---
सर्लाही,असार १२
सर्लाहीको सदरमुकाम मलंगवा स्थित रहेको श्रीमती कृष्णा देवी जनता माध्यमिक विद्यालयमा आज भएको अभिभावक भेलाबाट चयन हुने भनिएको विद्यालय व्यवस्थापन समितिको सदस्यहरु विवादका कारण चयन हुन नसकि ३ दिनको समय अवधि तोकेर स्थगित भएको छ।
समिति गठन प्रक्रियामा विवाद खडा भएपछि विद्यालय प्रशासनले आज एक विज्ञप्ति जारी गर्दै व्यवस्थापन समिति सदस्य चयन गर्न ३ दिनको समय थप गरि ३ सो अवधिमा पनि वि.व्य.स सदस्य चयन हुन नसकेकाे अवस्थामा आज(आइतवार)को भेला स्वत: रद्ध हुन जाने जनाएकाे छ ।
विगत लामो समयदेखि श्रीमती कृष्णा देवि मावि वि.व्य.समिति विहिन रहदैं आएको छ।
No comments:
Post a Comment