Friday, June 24, 2022

अगर्वा हत्या काण्डका आरोपीहरु पक्राउ , हत्या काण्डमा आफ्नै भाईसहित दुईजना संलग्न रहेको अनुसंधानबाट पुष्टि

--- हत्या काण्डमा आफ्नै भाईसहित दुईजना संलग्न रहेको अनुसंधानबाट पुष्टि--- 



मनोज यादव---

सर्लाही,असार १०

     सर्लाहीको कबिलासी नगरपालिका वडा न-८ स्थित अगर्वामा  तिन दिन अगाडी भएको एक युवकको हत्याकाण्डमा संलग्न आरोपीहरु पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा मृतकका आफ्नै सहोदर भाई अमरकान्त ठाकुर र सोही ठाउँका रुपेश कुमार चौधरी रहेका छन् । उनीहरूले गत असार ६ गते राति 

अगर्वाका स्थानीय रामकेवल ठाकुरका छोरा २४ वर्षीय अमरेन्द्र ठाकुरको घाँटी रेटेर विभत्स ढंगले हत्या गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले बताउनु भएको छ

अमरेन्द्रको शव असार ७ गते बिहान फेला परेको थियो । 

   पक्राउ परेका मृतकका भाई अमरकान्तले रुपेशसँग मिलेर दाईको  हत्या गरेको प्रहरी समक्ष स्वीकार गरिसकेको डिएसपी बुढाथोकीले  जनाएको छ ।उहाँका अनुसार मृतक अमरेन्द्र र अमरकान्तबीच पहिले देखि नै विवाद चल्दै आएको र असार ६ गते बेलुका पनि उनीहरु दुई दाजुभाइ बीच तरकारी ल्याउने विषयमा सामान्य बादविवाद भएपछि  गाउँकै साथी रुपेशसँग मिलेर दाईको हत्या गरेको खुलेको छ। उनीहरुले अमरेन्द्रलाई असार ६ गते राती ८ बजेतिर खानपिनको व्यवस्था छ भनी अगर्वा चौकबाट पश्चिम सलेमपुर नहरतर्फ जाने कच्ची सडकको एकान्त ठाउँमा बोलाएर धारिलो हतियारले घाँटी रेटी शरीरका विभिन्न भागमा ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको  अनुसन्धान गर्दै जाँदा मृतकका भाई अमरकान्तले शंकास्पद  व्यवहार देखाउन थालेपछि उनिहरुलाई बिहीबार रातीनै नियन्त्रणमा लिइ उनीहरु दुवैजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। अमरेन्द्रको शव फेला पर्नासाथ प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट तालिम प्राप्त कुकुर समेत झिकाएर अनुसन्धान गरिएको थियो ।


No comments:

Post a Comment