Thursday, June 23, 2022

अनेरास्ववियुद्वारा मलंगवामा प्रधानमन्त्री र अर्थमन्त्रीको पुतला दहन तथा विरोध प्रदर्शन




लोकतन्त्र समाचारदाता---

सर्लाही,असार ९

    पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको भ्रातृ संगठन अनेरास्ववियुले सर्लाहीको सदरमुकाम मलंगवामा बिहिवार साँझ विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेको छ। प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका सदस्यहरुले प्रम देउवाको पुतला सँगै अर्थमन्त्री  जनार्दन शर्माको समेत पुतला दहन गरेका छन् ।

   पुतला दहन गर्नु पुर्व "नालायक अर्थमन्त्री जनार्दन शर्मा राजिनामा दे,भ्रष्टचारी अर्थमन्त्री जनार्दन शर्मा राजिनामा दे ,पेट्रोलियम पदार्थको मुल्य बृद्धि खारिज गर" लगायतका नारा लगाउँदै नगरको परिक्रमा समेत गरेको अनेरास्वियु सर्लाही क्याम्पस कमिटीका अध्यक्ष धर्मेन्द्र टाका यादवले जानकारी दिए।

   नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको थियो । निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरी १९९ रुपैयाँ पुर्याएको छ भने  डिजेल र मट्टितेलमा पनि २७ रुपैयाँले वृद्धि गरि १९२ रुपैयाँ पुर्याएको छ।

    अनेरास्ववियुले पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता लिनुपर्ने माग राखेर अहिले देशव्यापी रुपमा आन्दोलनका विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको नेकपा एमालेका युवा नेता शमिमबाबु खानले जनाएको छ।

No comments:

Post a Comment