Wednesday, June 1, 2022

बागमती प्रदेश सरकार द्वारा सर्लाहीका बिरवशं बैठालाई"प्रदेशदीप" विभूषणबाट सम्मान गर्ने निर्णय

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ १८

     शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै बागमती प्रदेश सरकारले सर्लाहीबासी बिरवशं बैठालाई सम्मान गर्ने भएको छ।

   प्रदेशको आन्तिरिक मामिला तथा कानुन मन्त्रालयले विभूषण सिपारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ र सम्मान र पदक प्रदान गर्ने मापदण्ड, २०७८ बमोजिम प्रदेशको मन्त्रिपरिषदबाट  प्रदेशको विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गर्ने निर्णय अनुसार बैठासहित अन्य चारजनालाई समेत सम्मान गरिने भएको छ।

   बैठकलाई बागमती प्रदेशको शिक्षा क्षेत्रमा उत्थानका लागि योगदान पुर्याएको भन्दै  प्रधानाध्यापक समेत रहनु भएको बैठासहित चार जनालाई "प्रदेशदीप" विभूषणबाट सम्मान  गर्ने निर्णय भएको जनाइएको छ।

   उहाँ मकवानपुर जिल्ला अन्तर्गत हेटौडा स्थित आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक पदमा हुनुहुन्छ ।

No comments:

Post a Comment