Sunday, June 26, 2022

मधेश प्रदेशमा लागुऔषध नामक समस्या एउटा ठुलो चुनौती

 




मनोज यादव---

सर्लाही,असार १२

    "स्वस्थ्य र मानवीय संकटका समयमा लागुपदार्थको चुनौतीहरुको सम्बोधन" भन्ने नाराका साथ यसवर्षको  लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ। जिल्लाको सदरमुकाम मलंगवामा पनि जिल्ला प्रहरी कार्यालयको आयोजनामा यो दिवस मनाइएको छ।

    जिल्लाका स्थानीय प्रशासन ,राष्ट्रिय अनुसंधान ,नेपाल प्रहरी तथा सशस्त्र प्रहरी, लगायतका चारवटा सुरक्षा निकाय,लागुऔषध नियन्त्रणको क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्था तथा विद्यार्थीहरुले आज(आइतवार)बिहान  सदरमुकाम मलंगवामा जनचेतनामूलक र्याली निकालेर यो दिवस मनाएका छन् ।वडा न-१० स्थित जिल्ला प्रशासन कार्यालयको प्रांगनबाट सुरु गरेको र्याली नगरको विभिन्न भागको परिक्रमा गरेेर पुनः जिल्ला प्रशासन कार्यालयकै प्रांगणमा पुगेर सम्पन्न भएको थियो।

   भारतसँगको खुल्ला सिमानाका कारण मधेश प्रदेश अन्तर्गत सर्लाहीसहित, बारा,पर्सा,रौतहट,महोत्तरी,धनुषा, सिरहा,सप्तरी लगायतका जिल्लाहरुमा लागुऔषध एउटा विकराल समस्याको रुपमा रहेको छ।जतिसुकै प्रयासहरु गरेपनि यी जिल्लाहरुमा दुर्व्यसनीहरुको संख्या नियन्त्रण हुनुको साटो दिनप्रतिदिन बढदै गएको छ।

   भारतसँग जोडिएका नाकाहरुबाट  दैनिक लाखौं रुपैयाँको लागुऔषधहरु लुकाइछिपाई  अवैध रुपमा नेपाल भित्रिने गरेको छ।

  मधेश प्रदेशमा लागुऔषध नामक समस्या एउटा ठुलो  चुनौतीको रुपमा रहेको प्रहरी प्रशासनले पनि स्विकार्दै आएको छ।

 

No comments:

Post a Comment