Tuesday, June 21, 2022

“मानवताका लागि योग" भन्ने नाराका साथ यसपालिको अन्तराष्ट्रिय योग दिवस मलंगवामा पनि मनाईयो


 



लोकतन्त्र समाचारदाता---

सर्लाही,असार ७

       “मानवताका लागि योग" भन्ने नाराका साथ(आज)मंगलबार सर्लाहीको सदरमुकाम मलंगवामा पनि आठौं  अन्तराष्ट्रिय योग दिवस मनाईएको छ ।

      मलंगवा नपा वडा न-८ स्थित कुसुम पार्टी प्यालेसको सभाहलमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सर्लाहीले आयोजना गरेको कार्यक्रममा  मानव जिवनमा योगको महत्त्वको बारेमा जानकारी गराइ योगाभ्यास गराइएको थियो।

     कार्यक्रममा जि.आ.स्वा.केन्द्रका प्रमुख नन्दकिशोर कुशवाहाले दिवस मनाउन उपस्थित भएका जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुलाई योग सम्बन्धी आशन र प्राणायामहरु गराएका छन् । उनले शरीरलाई स्वस्थ एवं तन्दुरुस्त राख्नको लागि गरिने केही आशनहरुलाई योग भनेर बुझिने गरेको बताए।

    कार्यक्रम उद्घाटन सत्र पछि सहभागीहरुलाई सामुहिक रुपमा योगाभ्यास गराइएको थियो । 

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम ,जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख ,संघ संस्थाका प्रमुख ,नागरिक समाजका अगुवा, पत्रकार लगायतको उपस्थिति रहेको थियो।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २०१५ देखि हरेक वर्षको जुन २१ तारिखमा विश्वभर योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ  महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले दिवसको घोषणा गर्न पहिलो पटक प्रस्ताव गर्नुभएको थियो ।

   यो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोईरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य देशले समर्थन गरेका थिए । नेपालमा २०४८ साल चैत १५ गतेदेखि काठमाण्डौको नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास सुरु गरिएको थियो ।


No comments:

Post a Comment