Wednesday, June 15, 2022

राप्रपा जिल्ला कार्यसमिति सर्लाहीले पठाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,असार १

      राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबार देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

   सोही क्रममा राप्रपा नेपाल सर्लाहीले पनि प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएको छ।

   राप्रपा नेपालका सर्लाही जिल्ला अध्यक्ष सत्यनारायण रायको अध्यक्षता एवं अगुवाइमा तथा पुर्व केन्द्रीय सदस्य नारायण श्रेष्ठको आतिथ्यतामा चुडा बहादुर थापा,राजेश केसी ,हरेन्द्र कुमार मण्डल,सुशील कुमार,राजकिशोर राय यादव लगायत पार्टीका नेताहरु बुधबार दिउँसो मलंगवा स्थित जिल्ला प्रशासन कार्यालयमा प्रजिअ गौतमको कार्यकक्षमा पुगेर ज्ञापनपत्र बुझाएका हुन।

    उक्त ज्ञापनपत्रमा किसानलाई मल, बीउको आपूर्ती, महङ्‍गी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र, राजसंस्थाको पुनःस्थापना, सङ्‍घीयताको खारेजी,निजगढमा यथाशीघ्र अन्तर्राष्ट्रिय विमान स्थलको निर्माण गर्नुपर्ने  लगायत विषयहरु मागको रुपमा समेटिएको छ। 


No comments:

Post a Comment