Tuesday, June 28, 2022

सौफी रक्सीसहित झण्डै ४ लाख भन्दा बढीको अवैध सामानसहित चारजना पक्राउ




लोकतन्त्र समाचारदाता---

सर्लाही,असार १४

   सर्लाहीमा सौफी नामक मदिरासहित झण्डै  चारलाख भन्दा बढीको अवैध  सामानसहित चारजना पक्राउ परेका छन् ।

    जिल्लाको सदरमुकाम मलंगवा  नगरपालिका वडा न-२ स्थितबाट गस्तीमा खटिएका प्रहरी टोलीले आइतवार राती करिब पौने १२ बजेको समयमा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको १० बोरा चिनी(प्रत्येक बोरामा ५० किलो),गुल ४८० प्याकेट,शिखर गुटखा २४० प्याकेट,गुटखामा प्रयोग हुने तुलसी २५० प्याकेट,हुक्का फ्लेवर १००० पिस र पर्स ३५० पिस बरामद गरेका छन् ।बरामद सामानको मुल्य ३ लाख ९६ हजार ६ सय रुपैयाँ रहेको जिल्ला  प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी बिजय यादवले जानकारी दिए।

   बरामद सरसामानहरु आवश्यक कार्यवाहीको लागि भन्सार कार्यालय मलंगवा पठाएको प्रहरीले जनाएको छ।

    यसैगरी आज बिहान(मंगलबार)करिब ३ बजेको समयमा गस्तीमा खटिएका प्रहरी टोलीले जिल्लाको बलरा नगरपालिका वडा न-३ लक्ष्मीपुर स्थितबाट नेपालबाट भारततर्फ १३ वटा प्लास्टिकको बोरामा प्याक गरि लैजाँदै गरेको  सौंफी नामक मदिरा बरामद गरेको छ। ६ वटा मोटरसाइकलमा राखेर भारततर्फ  लैजाँदै गरेको अवस्थामा प्रहरीलाई देख्ने बित्तिकै भाग्ने क्रममा प्रहरीले  ४ जना ब्यक्तिहरुलाई सौंफी मदिरा र ६ वटा मोटरसाइकलसहित नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीको लागि हिरासतमा राखेको प्रहरीले जनाएको छ।

   नियन्त्रणमा लिएको सौंफी मदिराको  ७० हजार  र ६ वटा  मोटरसाइकलको  ६ लाख ३० हजार गरि जम्मा ७ लाख रुपैया रहेको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment