Sunday, June 19, 2022

सर्लाहीमा भारतीय कार दुर्घटना,१ को मृत्यु ७ जना घाइते

 


लोकतन्त्र समाचारदाता---

सर्लाही,असार ५

      सर्लाहीमा भारतीय नम्बरको कार दुर्घटना हुँदा १जना बालकको घटनास्थलमा मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । 

     जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शनिवार राति धनकौल गाउँपालिका(पछियारी)वडा न-५ स्थित छठीघाट पुलमा छतौनाबाट छठियारको(छैठी)भोज खाएर रौतहटको वृन्दावन हरैयातर्फ फर्किदै गरेको चालकसहित ९ जना यात्रु सवारBR 05A R 5137 नम्बरको टाटा कम्पनीको कार आफै अनियन्त्रित भएर छठी घाट पुलबाट १५ फिट तल खसेर दुर्घटना हुँदा रौतहटको वृन्दावन नपा वडा न-४ बस्ने शुभलाल यादवको छोरा अन्दाजी वर्ष ४ को गम्भीर यादवको घटनास्थलमा मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

   घाइतेहरु सबै जनाको बरहथवा स्थित एडभान्स संजिवनी अस्पतालमा उपचार भइरहेको छ।

   दुर्घटनाको सम्बन्धमा अनुसंधान भइरहेको छ।दुर्घटना भए लगत्तै फरार भएको प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जनाएको छ।

    





No comments:

Post a Comment