Thursday, June 23, 2022

सर्लाहीमा मुकेश मिश्रको संयोजकत्वमा मानव अधिकार रक्षक संजाल गठन

 





लोकतन्त्र समाचारदाता----

सर्लाही,असार ९

   सर्लाहीको सदरमुकाम मलंगवामा  मानव अधिकार रक्षकहरूको अवस्थाको बारेमा विश्लेषण गरिएको छ।

     मानवअधिकार रक्षक संजाल र महिला पुनस्थार्पना केन्द्र(ओरेक) नेपालको संयुुक्त आयोजनामा मानवअधिकार रक्षकहरुको अवस्था विश्लेषण तथा संजाल पुनर्गठन  कार्यक्रमको आयोजना गरि जिल्लामा कार्यरत मानवअधिकार रक्षकहरुको अवस्थाको बारेमा विश्लेषण गरिएको हो।

    कार्यक्रममा सहभागीहरुले जोखिममा परेका नागरिकहरुको अधिकार सुनिश्चितताका लागि मानव अधिकार रक्षकहरूले जोखिममा रहेर राज्यलाई सहयोग गरेपनि राज्यले उनीहरूको अधिकारको बारेमा हालसम्म कानुन नबनाउनु दुखद भएको चर्चा गरेका थिए । मानवअधिकारकर्मी मुकेश मिश्रले जनताका अधिकार प्राप्ति र जोखिममा परेका नागरिकहरुको अधिकारका लागि मानव अधिकार रक्षकहरुले विभिन्न चुनौतीहरुको सामना गर्दै  बर्दी बिनाको प्रहरीको रुपमा अहम भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

    राष्ट्रिय सभाका पुर्व सांसद रामपृत पासवानको प्रमुख आतिथ्यता तथा मानवअधिकार रक्षक संजालका अध्यक्ष राजेश पासवानको सभापतित्वमा आयोजित यसै कार्यक्रम मार्फत मुकेश मिश्रको  संयोजकत्वमा १५  सदस्यीय  मानव अधिकार रक्षक संजालको पनि गठन गरिएको छ ।

     नव गठित संजालको उपाध्यक्षमा दिवानी घिमिरे,सचिवमा संतोष कर्ण,स-सचिवमा लक्ष्मी सुनवार पासवान,कोषाध्यक्ष लक्ष्मी सिंह,सह-कोषाध्यक्षमा टुना कुमार साह तथा सदस्यहरुमा क्रमशः रम्भादेवी झा,कुश्मा देवी राउत,राधेश्याम कुशवाहा,मो.मनसरिफ अन्सारी,बुधन साह,बबिना कार्की ,ममता साह,जितेन्द्र भगत र सुनिता साह रहेका छन् ।

    सोही अवसरमा आयोजक संस्थाले कार्यक्रमका विशिष्ठ अतिथि नवनिर्वाचित उपसभापति जितेन्द्र कुशवाहालाई गमछा ओढाएर सम्मान समेत गरेका छन् ।

   कार्यक्रममा अधिकारकर्मी,सर्लाहीमा मानवअधिकारको क्षेत्रमा कार्यरत विभिन्न संस्थाका प्रतिनिधी लगायत सञ्चारकर्मीहरूको उपस्थिती रहेको ओरेक नेपालकी दुर्गा थापाले जनाएकी छिन् । 







No comments:

Post a Comment