Sunday, June 5, 2022

सर्लाही हरिपुर्वाका एक अपाङ्गता भएका किशोरीलाई विदेशबाट आर्थिक सहयोग




लोकतन्त्र समाचारदाता----

सर्लाही,जेठ २२

   हेल्प मधेशी मलेशिया नामक एक सामाजिक  संस्थाले सर्लाही हरिपुर्वा नगरपालिकाका एक अपाङ्गता भएका किशोरीलाई आर्थिक सहयोग गरेको छ।

     हरिपुर्वा नपा-२ बस्ने  १७ वर्षिया किशोरी  तैपसुन खातुनको केही महिना अगाडि छतबाट लडेर मेरुदण्ड भाँचिएको थियो। घरको आर्थिक अवस्था अति नै कमजोर  भएका कारण  उपचार गराउन समस्या भइरहेको जानकारी पाएपछि हेल्प मधेशी मलेशिया संस्थाको तर्फबाट निजको घरमै पुगेर एउटा सानाे सहयोग स्वरुप  नगद  १५ हजार रुपैया आर्थिक सहयोग गरेको संस्थाका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र महताेले बताए ।

No comments:

Post a Comment