Saturday, June 11, 2022

सर्लाही क्याम्पसमा चौथो प्रोजेक्ट मिट कार्यक्रम अन्तर्गत प्रयोगात्मक परिक्षाका लागि एथ्लेटीक प्रतियोगिता


 

   

लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ २८

   मानिसहरुको जन्मदेखि मृत्यु हुन पुर्वसम्म निरन्तर  शारीरिक ब्यामको आवश्यक्ता पर्छ। मानिसहरु आफुलाई  शारीरिक तथा मानसिक रुपमा स्वस्थ राख्न कुनै न कुनै रुपमा कसरत गरिरहेका हुनेछन् ।अहिलेका मानिसहरु तनावमा बस्ने, उपयुक्त, स्वच्छ खानाको प्रयोग नगर्ने,र खेलकुदमा चासो नदिने भएकोले मानिसहरु विभिन्न रोगको सिकार बन्दै गएको छ।विद्यार्थीहरुलाई सोही कुराको जानकारी गराउन सर्लाही क्याम्पस मलंगवाको बि.एड तेस्रो वर्षमा अध्यनरत विद्यार्थीहरुले चौथो प्रोजेक्ट मिट कार्यक्रमको आयोजना गरि स्वास्थ्य तथा शारिरिक शिक्षा विषय अन्तर्गत प्रयोगात्मक परिक्षा सम्पन्न गरेको छ।

   

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एवं क्याम्पस संचालक समितिका अध्यक्ष राम स्वरुप रायले शनिवार बि.एड.संकायका तेस्रो बर्षमा अध्ययनरत दिनानाथ साहको अध्यक्षतामा गर्नुभएको छ।

   खेलले विद्यार्थीहरुमा लुकेर रहेको अन्तर निहित प्रतिभालाई बाहिर ल्याउने र शिक्षण सिकाईलाई समेत थप प्रेरणा दिने भएकोले समय समयमा विद्यार्थीहरुको शारीरिक तथा मानसिक रुपमा प्रभाव पार्ने खालका खेलकुदका कार्यक्रमहरुको आयोजना क्याम्पसमा भइरहनु पर्ने विषय शिक्षक सुरेन्द्र रायले बताए ।  प्रयोगात्मक परिक्षा राखेर विद्यार्थीहरुको क्षमता मुल्यांकन गर्नु  राम्रो भएको र यसले पढार्ईमा समेत राम्रो अंक ल्याउन सहयोग पुगेको विषय शिक्षक रायले बताए। विषय शिक्षक रायको पढाउने शैली  र शिक्षण सिकाइको कौशल प्रति आफुहरु पुर्ण सन्तुष्ट रहेको क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले बताएका छन्। 

   सोही अवसरमा आयोजकले आफ्नो तर्फबाट विद्यालय संचालन समितिका अध्यक्ष समाजसेवी एवं  शिक्षाप्रेमी राम स्वरुपलाई मधेश र मधेशीको सान गमछा ओढाएर फुलको माला र टिका लगाइ सम्मान समेत गरिएको देव श्री पोलिक्लिनिक मलंगवाका संचालक सोनेलाल यादवले जानकारी दिए।

   मलंगवा नगरपालिका वडा न-४ स्थित सर्लाही क्याम्पसमा आयोजना भएको चौथो प्रोजेक्ट मिट कार्यक्रममा विशिष्ठ अतिथि क्याम्पस प्रमुख राजेश कुमार यादवसहित उपप्राध्यापकहरु मेथल प्रसाद यादव,संजय प्रसाद साह,श्यामबाबु राय,जितेन्द्र ठाकुर,लोक बहादुर डाँगी, क्याम्पसका प्रशाकिय अधिकृत रमेश यादव,लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

     प्रतियोगितमा कबड्डी,सर्टपुट ,१०० मिटर दौड लगायतका खेलहरु समावेश गरिएको थियो। 


No comments:

Post a Comment