देशकै सबैभन्दा ठुलो सहकारी संस्थाको रुपमा ख्याति कमाउन सफल सर्लाहीको सदरमुकाम मलंगवामा प्रधान कार्यालय रहेको राजश्री सेविङ्ग्स एण्ड क्रे.काे-आपरेटिभ साेसाइटी लिमिटेडले आज(बिहीबार)आफ्नो २७ औं स्थापना दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाएको छ।
स्थापना दिवसको अवसरमा संस्थाले आज बिहान लालबन्दी नगरपालिका वडा न-२ जुटपानी स्थित पद्मभुवनेश्वरी नमुना बृद्धसेवाश्रममा आश्रय लिएर बसेका वृद्धवृद्धाहरुलाई बिहानको मिष्ठान भाेजन गराउनुका साथै फलफूल बितरण गरेको छ।यसका साथै संस्थाको तर्फबाट दिउँसोको खाजा र बेलुकाकाे भाेजन व्यवस्था समेत गरेको राजश्रीले जनाएको ।
जुटपानी स्थित बृद्धसेवाश्रमको प्रांगणमा प्रबन्धक राजनहरि श्रेष्ठको अध्यक्षतामा एक औपचारिक कार्यक्रमको आयोजना गरि आश्रमका वृद्ध बुवाआमाहरुलाई भोजन गराइएको संस्थाले जनाएको छ।
कारोबार संचालन अवधिको २६ औं वर्ष पूरा गरि २७ औं वर्षमा प्रवेश गरेको अवसरमा यस संस्थाको नेपालको विभिन्न ठाउँहरुमा रहेको सेवा केन्द्रहरुले पनि विशेष कार्यक्रमहरुको आयोजना गरि स्थापना दिवस मनाएको प्रबन्धक श्रेष्ठले जानकारी दिएको छ।
No comments:
Post a Comment