Friday, June 3, 2022

मलंगवा वडा न-८ को समग्र विकासका लागि सरोकारवालाहरु सँग छलफल




लोकतन्त्र समाचारदाता----

सर्लाही,जेठ २०

      सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ को समग्र विकासका लागि वडामा बसोबास गर्ने सरोकारवालाहरु बीच छलफल गरिएको छ। वडाअध्यक्ष मुकेश जयसवालको अध्यक्षतामा परिचय तथा समन्वयात्मक कार्यक्रमको आयोजना गरि सम्बन्धित वडाका बासिन्दा तथा सरोकारवालाहरु बीच छलफल गरिएको हो।

   वडा कार्यालयमा आयोजित कार्यक्रममा  विधुत्त प्राधिकरण,प्रादेशिक अस्पताल मलंगवा,प्रेरणा संस्था,प्रहरी प्रशासन,नेपाल टेलिकम,खानेपानी संस्थान,घरेलु कार्यालय का प्रमुख तथा प्रतिनिधि लगायत नागरिक समाज,स्थानीय समाजसेवी,वडामा गठित सल्लाहकार समितिका सदस्य र वडाबासीलाई एकै साथ सहभागी गराएर सडक निर्माण तथा मर्मत सम्भार,ढल तथा नाला सरसफाइ तथा निर्माण ,बिजुली बत्ती,खानेपानीको व्यवस्थापन,शिक्षा र स्वास्थ्यको क्षेत्रमा स्तरोन्नति लगायतका विषयहरुमा छलफल गरिएको छ।

   कार्यक्रममा उपस्थित अतिथिहरुले छलफल गरिएका विषयहरुमा एकबद्यता जनाउँदै वडाको विकासका लागि गरिने सबै खाले कार्यक्रम तथा क्रियाकलापहरुमा आफुहरुको साथ,सहयोग र सकृय सहभागीता रहने  प्रतिबद्धता जनाएको वडाध्यक्ष जयसवालले बताउनुभयो।




No comments:

Post a Comment