Sunday, June 5, 2022

सर्लाहीमा सिटी स्केन र एम.आई.आर जस्तो एक्स-रे को सुविधा नभएपछि बिरामीहरू आर्थिक समस्या भाेग्न बाध्य

 

     



बख्तियार अली---                    सर्लाही २२ जेष्ठ 

     सर्लाही जिल्लामा एउटा प्रादेशिक असपतालसहित सैकडौं निजी क्लिनिक तथा  स्वास्थ केन्द्रहरु संचालनमा रहेपनि एउटा एक्स-रे , सिटी सक्यान र एम.आई.आर जस्ता जाँच गराउन जिल्ला बाहिर बिरगंज, जनकपुर लगायतका सहरहरुमा  जानुपर्ने बाध्यता रहँदै आएको छ ।

     मधेश प्रदेशकाे सर्लाही जिल्ला केन्द्रीय स्तरका नेता र मन्त्रीहरूकाे लागि प्रख्यात जिल्ला हो । जुनसुकै पार्टीको सरकार बनेपनि यस  जिल्लाबाट मन्त्री नभएकाे सरकार छैन।  तरपनि जिल्लावासीहरूलाई  सानाे सुविधा समेत उपलब्ध नभएपछि यहाँका जनताहरु निरास भएका छन् । यस जिल्लाबाट  पटक- पटक दर्जनाै ब्यक्ति मन्त्री बनेपनि जनताकाे आधारभूत आवश्यकता पूरा नभएपछि सर्लाहीका जनताहरु समस्या भाेग्न  बाध्य भएकाे हुन् ।

   जम्मा ५ हजार रुपैयाँमा गर्न मिल्ने सिटी स्केन र एम.आई.आर  का लागि  जिल्ला बाहिर अथवा भारतको विभिन्न ठूला सहरमा जानुपर्दा सर्वसाधारण नागरिकहरुलाई ५ हजारकाे ठाउँमा ५० हजार वा सो भन्दा बढी आर्थिक भार खेप्नु  परेकाे छ ।

   हुने खाने र धनी ब्यक्तिलाई समस्या नभएपनि गरिब, विपन्न , र  निमुखा जनताहरूलाई एक्स-रे गराउनका लागि  बाहिर जानु पर्दा ठुलाे आर्थिक भार थपिएको सर्वसाधारण मानिसहरूले  गुनासाे गरेका छन्  ।

No comments:

Post a Comment