Wednesday, June 15, 2022

ट्याक्टरमा चेपिएर खुटौनामा एक चालकको मृत्यु

 

 

प्रतीक फोटो


लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ १

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-६ खुटौना स्थित लखनदेही खोलामा मंगलबार साँझ   ट्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ज १ त ३८२४ नम्बरको ट्याक्टरका चालक चन्द्रनगर गाउँपालिका वडा न-५ मोहनपुर बस्ने अन्दाजी वर्ष ३२ को रवीन्द्र साह सोनार रहेको जिल्ला  प्रहरी कार्यालय मलंगवाले जनाएको छ।

    मंगलबार साँझ करिब ४  बजे लखनदेही  खोलाको तटबन्धका लागि ढुङ्गा लोड गरि आएको र ढुंङ्गा झारेर फर्कने क्रममा ट्याक्टर अनियन्त्रित भई पल्टिंदा चालक साहको सोही ट्याक्टरमा च्यापिएर मृत्यु भएको जिप्रका सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जनाएको छ।

     घटनाको जानकारी पाए लगत्तै घटना स्थलमा पुगेका प्रहरी टोली मृतकको शवको मुचुल्का उठाइ  पोष्टमार्टमकालागि मलंगवा स्थित प्रादेशिक अस्पतालमा पठाएको जिप्रकाले जनाएको छ।


 

No comments:

Post a Comment