Tuesday, June 21, 2022

इन्सेकले सर्लाहीमा ६ महिनाको अवधिमा २९ वटा मानवअधिकार सम्बन्धि घटनाहरु संकलन गरे

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,असार ७

    नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि संकलन  गरिएका मानव अधिकारसँग सम्बन्धित विभिन्न  घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम मंगलबार सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ। 

     मलंगवा नगरपालिकाकी उपमेयर शकुन्तला देवी साहको  प्रमुख आतिथ्यता तथा इन्सेकका सर्लाही जिल्ला प्रतिनिधि बुधन साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

  कार्यक्रममा इन्सेक प्रतिनिधि साहद्वारा २०७८ पुस १६ गतेदेखि २०७९ असार ५ गतेसम्ममा संकलन  गरिएका २९ वटा मानवअधिकारसँग सम्बन्धित घटनाहरू प्रस्तुत गरिएको थियो । जसमा राज्यबाट भएका मानवअधिकार उलंघन ५ वटा,हत्याका २ वटा,महिला हिंसा ,यौन दुर्ववहारका ४ वटा,बलात्कारको प्रयास ७ वटा,झडप,कुटपिट २ वटा,अज्ञात ब्यक्तिबाट भएको १ वटा,अपहरण १ वटा,बलात्कारको घटनामा जिल्ला अदालतबाट फैसला भएको ७ वटा  रहेका छन् ।

    मलंगवा नपाकी  उपमेयर साहको कार्यकक्षमा आयोजित कार्यक्रममा     सर्लाहीका प्रहरी प्रमुखसहित विभिन्न गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि,पत्रकार लगातारको उपस्थिति रहेको थियो।


No comments:

Post a Comment