Monday, June 6, 2022

मलंगवाबाट १३ किलो गाँजासहित एक युवती पक्राउ

 



लोकतन्त्र समाचारदाता----

सर्लाही,जेठ २३

    प्रहरीले सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-९ स्थितबाट १३ किलो लागुऔषध गाँजासहित एकजन युवतीलाई  पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा मलंगवा नपा वडा न-९ बस्ने महेन्द्र रायकी छोरी १८ वर्षीया पम्मी कुमारी रहेको प्रहरीले जनाएको छ। प्रहरीले उनलाई  मलंगवा-९ बस्ने घनराज साहको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

   जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी विजय यादवका अनुसार आइतवार दिउँसो करिब १ बजेको समयमा  टाउकोमा बाँसको ढकियामा केही सामान बोकेर मलंगवाबाट भारतको सोनबर्षातर्फ जाँदै गरेकी पम्मी कुमारी  गस्तीमा रहेको प्रहरीलाई देख्ने बित्तिकै हतार हतारमा बोकेको ढकिया नजिकैको खेतमा घोप्टाएर सो ठाउँबाट भागेर करिब १०० मिटर पुर्वतर्फ रहेको घनराज साहको घरमा गई लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएर निजलाई पनि साथमै  लिई खेतमा फालेको  ढकियालाई नजिकबाट गएर हेर्दा  उक्त ढकिया भित्र रहेको खरानीमा  लुकाएर राखिएको अवस्थामा २ वटा पोकाहरुमा १३ किलो लागुऔषध गाँजा फेला पारेका थिए।

    फेला परेको लागुौषध गाँजासहित युवतीलाई  नियन्त्रणमा लिएर थप अनुसंधान भइरकेको डिएसपी यादवले जनाएको छ।


No comments:

Post a Comment