Wednesday, June 8, 2022

भाइरल हुने नाममा टिकटकमा अपलोड गरिएका नकारात्मक भिडियोले समाजमा बिकृति बढायो

 



----छोराछोरीको भविष्य प्रति अभिभावकहरु चिन्तित----

मनोज यादव---

सर्लाही,जेठ २५

  "टिकटक" नामक संजाल  अहिलेका  नयाँ  युवापिढीकोसामाजिक बीचमा सर्वाधिक चर्चित नाम बनेको छ। तर जतिजति टिकटक चर्चित बन्दै गइरहेको छ त्यतिनै यसले समाजमा विकृति पनि भित्र्याएको भन्दै गुनासो गर्नेहरु पनि बढ्दै गएका छन् ।  सुरुवाती दिनमा सानासाना भिडियो बनाएर  मनोरञ्जनका लागि हेर्ने गरिएको  टिकटकले अहिले  सामाजिक, विकृति, विसङ्गतिलाई बढवा दिन थालेको आरोप लाग्न थालेको छ ।

     भाइरल हुने नाममा  पछिल्लो समय टिकटक प्रयोगकर्ताहरुले यसको दुरुपयोग गर्न थालेका छन् ।चाँडोभन्दा चाँडो भाइरल र चर्चित हुन टिकटक प्रयोगकर्ताहरु अश्लिल,यौनजन्य, अपराधजन्य तथा  विविध नकारात्मक भिडियोहरू अपलोड गरिरहेका छन् ।अहिलेका युवापुस्ता यसको सदुपयोग गर्नुको साटो दुरुपयोग गरिरहेको पाइएको छ ।टिकटकमा अपलोड गरिएका त्यस्ता भिडियोहरुले साना बालबालिका लगायत अन्य धेरैमा नकारात्मक असर पारेको छ ।

    एकजना टिकटक प्रयोगकर्ता अर्थात टिकटकरका अनुसार टिकटककै कारण कतिपयले नाम र दाम कमाएका छन् । टिकटककै कारण  राम्रा र ओझेलमा रहेका प्रतिभाहरु बाहिर निस्किन पाएका छन् ।समाजमा नकारात्मक संदेश दिने खालका भिडियो बनाएर मात्रै नाम र दाम कमाउन सकिन्छ भन्ने सोंचलाई परिवर्तन गरेर सकारात्मक संदेश र ज्ञान दिने खालका भिडियो बनाएर पनि नाम र दाम कमाउन सकिन्छ ।

   मलंगवा नगरपालिका वडा न-२ की एक गृहणी मुक्ता यादवले पनि पछिल्लो समय टिकटकले सामाजिक, विकृति, विसङ्गतिलाई बढवा दिन थालेको बताएकी छिन् ।केही टिकटक प्रयोगकर्ताहरु भिडियो मार्फत  सूचना सम्प्रेषण, मनोरञ्जन र आफूमा भएको प्रतिभालाई उजागर गरिरहेको देखिएतापनि अधिकांश टिकटकरहरुबाट यसको सदुपयोगको साटो दुरुपयोग भइरहेको पाइएकोले  यस्ता सामग्रीका कारण  साना बालबालिकालगायत अन्य धेरैमा नकारात्मक असर पारेको गृहणी यादवले बताइन् ।

    टिकटक एउटा टाइमपास र मनोरञ्जनको साधन मात्रै नभई साना बालबालिकादेखि वृद्धवृद्धाहरु माझ एउटा लतकै विषय बनिसकेको छ। धेरैले त आफ्नो प्रतिभा टिकटकमा देखाएर आफ्नो भविष्य सुनिश्चित समेत गरिसकेका छन् । कतिपय टिकटकबाटै मोडलिङ तथा  कलाकारिताको क्षेत्रमा प्रवेश गरिसकेका छन् भने नयाँ  प्रवेश गर्नेहरुको क्रम पनि बढ्दो छ । राम्रो गर्नेहरू अगाडि बढिरहेका छन् भने  नराम्रा भिडियोहरु अपलोड गरेर नकारात्मक गतिविधि देखाउनेहरुको इज्जत समेत माटोमा मिलेको छ ।कतिपयले त लोकलाजका कारण आत्महत्या समेत गरेको बेलाबेला सुन्नमा आइरहेको छ।

   पछिल्लो समय टिकटकमा राम्रा भन्दा नराम्रा कन्टेन्टहरु पर्याप्त मात्रामा देखिन थालेको मलंगवाकै अर्का एक बुद्धिजीवीले बताए ।बढी  भाइरल हुने, भ्युज र फ्लोअर्स कमाउने लोभले गर्दानै टिकटकमा राम्रा भन्दा नराम्रा भिडियो लगायतका सामाग्रीहरु राख्ने गरेको उनको भनाइ छ।

    आफ्ना छोराछोरीलाई  असल बनाउने इच्छा र चाहना हुँदाहुँदै पनि  कामको व्यस्तताले गर्दा अभिभावकहरु आफ्ना छोराछोरीले के गर्दै छ भन्नेतर्फ ध्यान दिन सकिरहेका छैनन् । जसले गर्दा उनीहरु एनड्रोइड  मोबाइल फोन र टिकटक भिडियोका कारण आफ्ना छोराछोरीको भविष्य बिग्रिरहेको स्विकारेका छन् ।

    पछिल्लो समय युवायुवतीको कमाइ खाने भाँडो नै बनेको छ टिकटक । भाइरल हुने मोह बढेकोले सबैजनाले आफ्नो भविष्य  टिकटकमा देख्न थालेका छन। यस्तो मोहले नै सकारात्मकको साटो  नकारात्मक भिडियो हाल्ने प्रवृत्ति बढेको छ।

    इन्टरनेटको विकास सँगसँगै सूचना प्रविधिले गुणात्मक फड्को मार्नु अनि सामाजिक सञ्जालको विस्तार हुनुलाई सकारात्मक मान्नुपर्छ । मोबाइल, कम्प्युटर, ल्याप्टपजस्ता विद्युतीय सामग्री तथा साधनको प्रयोग गरी मानिसहरु इन्टरनेटका माध्यमबाट विश्वलाई नै एउटा घरमा परिणत गर्न सफल भएको यो परिस्थितिलाई सकारात्मक मान्दैगर्दा बिक्रितिले पनि उही रुपमा विस्तार पाउनु एउटा गम्भिर बिषय बनेको बुद्धिजीवीहरु बताउँछन्।

  अहिलेका टिकटकरहरु नपच्ने खालका भिडियोहरु अपलोड गरेर  समाजमा नकारात्मक संदेश फैलाएको भन्दै बुद्धिजीवीहरुले चिन्ता व्यक्त गरेका छन्




No comments:

Post a Comment