Wednesday, June 29, 2022

नक्कली घुमुवा प्रहरी असली प्रहरीको फन्दामा

 

लोकतन्त्र समाचारदाता----

रौतहट(चपुर),असार १५

     रौतहटको चन्द्रपुर नगरपालिकामा नक्कली घुमुवा प्रहरी बनेर विभिन्न धाक,धम्की र डर देखाएर दु:ख दिने एक ब्यक्तीलाई प्रहरीले  पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रनिगाहपुर नपा वडा न-९ सिन्धुरेघारी टोल बस्ने लिला बहादुर बस्नेतका छोरा ३२ बर्षीय सुमन बस्नेत रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सन्तु कुमार जैसवारले जानकारी दिए।

    बस्नेतले पुर्व- पश्चिम लोकमार्ग अन्तर्गत चपुर वडा न-४ स्थित रहेको तिवारी होटल र सम्झना होटल लगायत गौरबाट चन्द्रनिगाहपुर तथा पूर्व पश्चिम लोकमार्गमा चल्ने बिभिन्न यात्रुबाहक बसलाई रोक्ने ,होटलहरुमा खाएर धम्क्याउने र आफुलाई घुमुवा प्रहरी भएको दाबी गर्दै विभिन्न डर धम्की देखाउदै पैसा असुल्ने गरेको प्रमुख जैसवारले जानकारी दिए।

   पक्राउ परेका बस्नेत उपर जिल्ला प्रशासन कार्यालयबाट अभद्र ब्यबहार शिर्षकमा ६ दिनको म्याद थप गराएर अनुसंधान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ। 

No comments:

Post a Comment