Wednesday, June 29, 2022

महिलालाई प्रेम जालमा फँसाएर पैसा र गरगहना लुट्ने प्रतिबादी पक्राउ

 



नवाब अली---

रौतहट(चन्द्रपुर),असार १५

     रौतहट जिल्लाको चन्द्रपुरमा एक महिलालाई आफ्नो प्रेम जालमा फँसाएर नगद र गहना लुटेर फरार भएका एक ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जिल्ला प्रसौनी गाउँपालिका वडा न-४ खुटवा प्रसौनी बस्ने वकिल राय भाटको छोरा वर्ष ३६ को महमद रफिक राय भाट रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

    प्रहरीका अनुसार भाटले २०७९ साल बैशाख ५ गते दिउँसो डेढ बजे चन्द्रपुर-४ स्थित रहेको चपुर पराठा एण्ड गेस्टहाउसमा महोत्तरी घर भएकी एक महिलालाई निजकै नाममा कोठा बुक गर्न लगाई रेडबुल खुवाएर बोहोस बनाई निज महिलाले लगाएका २ लाख ८० हजार रुपैयाँ बराबरको सुनको गरगहनाहरु र पर्समा रहेको नगद रु १० हजारसहित गरि जम्मा रु २ लाख ९० हजार रुपैयाँको धनमाल लुटेर फरार भएका  थिए।

   प्रहरीले भाटलाई असार १४ गते पक्राउ गरि अनुसंधान गर्दै जाँदा निजले महिलाहरुलाई फोन तथा सामाजिक संजालको माध्यमबाट आफ्नो प्रेम जालमा पारेर बाहिर घुम्न जाने बहानामा घरबाट बोलाएर निज महिलाकै नाममा होटलमा कोठा बुक गर्न लागाई पेय पदार्थमा लठ्ठिने नसालु पदार्थ मिसाएर खुवाई बेहोस पारेर  उनीहरूले लगाएको गरगहनाहरु तथा  नगद रकम लुट्ने गरेको प्रहरीले बताएको छ।

   घटनाको सम्बन्धमा थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ।

   


No comments:

Post a Comment