Tuesday, June 21, 2022

परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धी मलंगवामा पत्रकारहरुसँग अन्तरक्रिया

 


लोकतन्त्र समाचारदाता---

सर्लाही,असार ७

     स्वास्थ्य कार्यालय सर्लाहीको सहयोगमा वुद्ध हेल्थ प्रोमोशन एण्ड एजुकेशन सेन्टर राजविराज सप्तरीले मंगलबार  सर्लाहीका पत्रकारहरुसँग परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धी अन्तरक्रिया कार्यक्रम मलंगवामा सम्पन्न गरेको छ ।

    परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशुको स्वास्थ्यमा आइपर्ने समस्याहरुको बारेमा  जनचेतना जगाउन संचार माध्यमले अहम भूमिका खेल्दै आएकोले संचार माध्यम मार्फत जनचेतना अभिबृद्धि गर्ने उदेश्यले जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ ।

     स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा.नवल किशोर झाले उपलबध स्वास्थ्य सेवाको प्रयोग गरी परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धी सूचनाहरु जस्तै मातृ मृत्युदर, शिशु मृत्युदर र बाल मृत्युदरलाई कम गर्न र परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्यमा आइपर्ने समस्याहरुमा जनचेतना जोगाउन संचार माध्यमको भूमिका महत्वपूर्ण हुने बताए ।

    कार्यक्रममा सहजकर्ता डा.चन्दन राज शर्माले  परिवार नियोजन साधनको आपुर्ति, प्रयोग, जन्मदरको अवस्था, परिवार नियोजन साधनको नयाँ प्रयोगकर्ता, स्थायी बन्ध्याकरण सेवा, परिवार नियोजन साधनको प्रयोगदर लगायतका वारेमा जानकारी दिएका थिए ।अझै पनि नेपालमा ४७ प्रतिशतले परिवार नियोजनका साधानहरुको प्रयोग नगरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

   स्वास्थ्य कार्यालय प्रमुख डा.झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुद्ध हेल्थ प्रमोशन एण्ड एजुकेशन सेन्टरका वरिष्ठ प्रशिक्षक लक्ष्मीनारायण देव,युएनएफपिए का बच्चालाल महतो,परिवार नियोजन प्रमुख सुशील कुमार झा,पत्रकार महासंघ सर्लाही शाखा अध्यक्ष टंक क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।

         

No comments:

Post a Comment