Sunday, June 12, 2022

नेपाली काँग्रेसबाट नवनिर्वाचित जनप्रतिनिधिहरु लाई बधाईका साथ सम्मान गरियो

 



मनोज यादव---

सर्लाही,जेठ २८

    नेपाली काँग्रेसबाट नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरिएको छ ।नेपाली काँग्रेस प्रतिनिधि सभा क्षत्रिय कार्यसमिति सर्लाही क्षेत्र न-२ ले शुक्रवार सदरमुकाम मलंगवामा बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरि नवनिर्वाचित जनप्रतिनिधिहरुलाई  सफल कार्यकालको शुभकामना तथा बधाई दिंदै सम्मान गरिएको हो।

   क्षत्रिय सभापति कौशल किशोेर रायको अध्यक्षतामा आयोजना भएको कार्यक्रम मार्फत स्थानीय तह निर्वाचन २०७९ मा सर्लाही जिल्ला अन्तर्गत  क्षेत्र न-२ मा काँग्रेस पार्टीबाट नगरप्रमुख ,उपप्रमुख, गाउँपालिका अध्यक्ष,उपाध्यक्ष र वडाअध्यक्ष पदमा निर्वाचित भएकाहरुलाई प्रमुख अतिथि मधेश प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री राम सरोज यादवले बधाई तथा शुभकामना दिंदै सम्मान पत्र प्रदान गर्नुभएको छ।

   यसै अवसरमा मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवले पनि मलंगवा नगरपालिकाको तर्फबाट प्रमुख अतिथि मन्त्री यादवलाई फ्रेमिङ गरिएको चाँदीको  जानकी मन्दिर अंकित मायाको चिनो प्रदान गरि सम्मानित गर्नुभएको थियो।

    मलंगवा स्थित महेन्द्र होटलको सभाहलमा आयोजना भएको सम्मान समारोहमा विशिष्ट अतिथिहरू पूर्व सांसद जंगीलाल राय, लक्ष्मण राय, रामचन्द्र चौधरी,विभिन्न पालिकाका प्रमुख ,उपप्रमुख ,वडाध्यक्ष लगायत पार्टी प्रतिनिधिहरुको  उपस्थित रहेको थियो। 

   कार्यक्रममा मन्त्री यादवले शुभकामना ब्यक्त गर्दै चुनावका बेला जनता माझ गरेका प्रतिबद्धता अनुसार काम गर्न सुझाव दिएका थिए।

उनले नेपाली काँग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरुबाट आउने दिनमा आआफ्नो पालिका तथा  वडाको सर्वांगिन विकास एवं  संगठन विस्तारका लागि अहम भूमिका निर्वाह गर्ने पार्टीले अपेक्षा गरेको बताएका छन् ।

No comments:

Post a Comment