Friday, June 24, 2022

कौडेना गाउँपालिकाको नवौं गाउँसभामा झण्डै ३९ करोड रुपैया बराबरको बजेट प्रस्तुत




लोकतन्त्र समाचारदाता---

सर्लाही,असार १०

    सर्लाहीको कौडेना गाउँपालिकाको नवौं गाउँसभाको उद्घाटन सम्पन्न भएको छ।

    गाउँपालिका अध्यक्ष रुपेश कुमार  को अध्यक्षता तथा उपाध्यक्ष नगिना देवी र प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवको विशिष्ठ आतिथ्यतामा शुक्रवार गाउँसभाको उद्घाटन सम्पन्न भएको हो। 

    उक्त गाउँ सभा मार्फत गापा अध्यक्ष रुपेश कुमारले आर्थिक वर्ष २०७९/०८० को लागि ३८ करोड ८४ लाख ४१  हजार  रुपैया बराबरको बजेट प्रस्तुत गर्नुभएको छ।

    गाउँ पालिकाको आफ्नै सभाहलमा आयोजना भएको सभामा सहभागी भएका अतिथिहरुको स्वागत सुरेश यादवले गरेका थिए।

    गाउँपालिकाको नवौं तथा स्थानीय तह २०७९ को निर्वाचन पश्चातको पहिलो गाउँ सभाको शुक्रवार सम्पन्न भएको उद्घाटन कार्यक्रममा  वडा न १ देखि वडा न ७ का वडाअध्यक्ष,सदस्य,कार्यपालिका सदस्य ,कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।कार्यक्रमको संचालन यस पालिकाका लेखा प्रमुख  हरिनारायण  साहले गरेका थिए।

   


No comments:

Post a Comment