Saturday, June 4, 2022

मलंगवामा पनि मनाइयो १६ औं राष्ट्रिय भेदभाव तथा छुवाछूत उन्मुलन दिवस

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ २१

   नेपाल छुवाछूत मुक्त राष्ट्र घोषणा भएको १६ वर्ष पुरा गरेको अवसरमा देशभरमा जस्तै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीले पनि  सदरमुकाम मलंगवामा विभिन्न कार्यक्रमको आयोजना गरि राष्ट्रिय जातीय भेदभाव तथा छुवाछूत  उन्मुलन दिवस मनाएको छ ।

   दिवस मनाउने क्रममा आज(सनिवार)बिहान जिल्लाभरीका दलित हक अधिकार तथा सरोकारका लागि काम गर्दै आएका संघसंस्था तथा दलित समुदायका महिला तथा पुरुषहरुको सहभागीतामा मुसहर महिला सशक्तीकरण मञ्च हरिपुरले  जनचेतनामूलक र्याली निकालेर सदरमुकाम मलंगवा बजारको परिक्रमा गरेका छन् ।

   यसै अवसरमा आयोजक संस्था ने.रा.द.स.क.संघले  राजेश पासवनको अध्यक्षता तथा  राष्ट्रिय सभाका पुर्व सांसद रामपृत पासवानको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ।कार्यक्रममा सहभागी दलित समुदायका नागरिक तथा सरोकारवालाहरु बीच नेपाल छुवाछूत मुक्त राष्ट्र घोषणा भएको १६ वर्ष  पुगेको अवस्थामा यसको कार्यान्वयनको अवस्था,उपलब्धि र चुनौतीको विषयमा अन्तरक्रिया गरिएको छ।अन्तरक्रियामा सहभागी अतिथिहरुले तराई मधेशका गाउँमा मात्र नभइ सहर बजारका पढेलेखेका ब्यक्तिहरुको मनमस्तिष्कबाट अहिले पनि दलितसँगको भेदभाव गर्ने भावना हटिनसकेको गुनासो गरेका थिए।उनीहरू  कुनैपनि शुभ अवसरमा दलितले बनाएको सामाग्रीबाट छुवाछूत नलाग्ने  तर दलितले छोएको पानी नचल्ने खालका भेदभाव मुलक भावना समाज बाट नहटेको भनि दु:ख व्यक्त गरेका थिए।


   यसै अवसरमा आयोजक संस्थाको तर्फबाट दलित अधिकार तथा क्षेत्रमा काम गर्दै आएका विभिन्न सामाजिक संघसंस्था तथा व्यक्तिहरुलाई प्रमुख अतिथि पुर्व राष्ट्रिय सभा सदस्य पासवानले उनीहरुको कामको मुल्यांकन गरि  सम्मान स्वरुप कदर पत्र प्रदान गर्नु भएको छ।

  जिल्ला समन्वय समितिको सभाहलमा आयोजना भएको कार्यक्रममा विशिष्ठ अतिथि गोविन्द पासवान, जिल्ला प्रहरी कर्यालयका प्रहरी नायव उपरीक्षक विजय कुमार यादव ,जिल्ला  प्रसासन कर्यालयका प्रशासकिय अधिकृत राजकुमार थापा ,साप नेपालका प्रतिनिधि लक्ष्मी सुनवार ,आर आर पि के संस्थाका प्रतिनिधि पिन्की यादव ,प्रेरणाका रामकुमारी यादव ,ओरेक नेपालका ममता साह ,NNDSWO संस्थाका सचीव  कामेश्वर  पासवान, सदस्य फेकु पास्वान ,सोगार्थ पासवान लगायतकाहरु सहभागी थिए ।

No comments:

Post a Comment