Sunday, June 19, 2022

जिसस सर्लाहीका पदाधिकारीहरुले सपथ ग्रहण गरे लगत्तै पदभार सम्हाले पछिको पहिलो निर्णय २० वटै स्थानीय तहमा दमकल




मनोज यादव---

सर्लाही,असार ५

    जिल्ला समन्वय समिति सर्लाहीका नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा पदस्थापन (आज)आइतवार एक समारोहका बिच गरिएको छ ।

    नव निर्वाचित जिसस प्रमुख कौशल किशोर सिंह तथा उपप्रमुख जितेन्द्र कुशवाहा सहितका पदाधिकारीहरुले जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित कार्यक्रममा  सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत ध्रुव कुमार पियाले  प्रमुख सिंहलाई सपथ गराएका छन्  भने प्रमुखले उपप्रमुख कुशवाहा सहित अन्य सम्पूर्ण पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका छन् ।

   सपथ लिए लगत्तै उनीहरुले आजै पदभार समेत ग्रहण गरेका छन् ।पदभार ग्रहण गर्दै जिसस प्रमुख सिंहले  जिल्लाको समग्र विकास निर्माणका साथै सुशासन कायम गराउन आफु प्रतिवद्ध रहने बताए । सबैपक्षको सल्लाह सुझाव तथा सहयोगको अपेक्षा गर्दै उनले आफुसहित समितिले इमानदारीका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

   कार्यक्रममा निवर्तमान जिसस प्रमुख मेथुर चौधरीले वर्तमान प्रमुख सिंहलाई पद हस्तान्तरण गर्दै आफु पदमा नभए पनि आवश्यक परेको बेला सल्लाह सुझाव दिन पछि नपर्ने बताउँदै नवनिर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएका छन् ।साथै उनले स्थानीय तह २०७९ को चुनाव सफलतापुर्वक सम्पन्न गराउन अहोरात्र खटेका कर्मचारीहरुलाई समेत धन्यवाद दिएका छन् ।  

    पदभार ग्रहण गरेपछि आज बसेको पहिलो बैठकबाट जिल्लाका २० वटै स्थानीय तहमा एकएक वटा बारुणयन्त्रको ब्यवस्था गर्ने निर्णय भएको छ।

    



No comments:

Post a Comment