Thursday, June 23, 2022

चालु आ.व २०७९-०८० को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै कबिलासी नगरपालिकाको सातौं नगरसभा सम्पन्न


                                                                मनोज यादव----

सर्लाही,असार ९

    कबिलासी नगरपालिकाको सातौं  नगरसभा  सम्पन्न भएको छ ।  नगर प्रमुख ब्रह्मदेव रायको अध्यक्षतामा बिहीबार आयोजित कार्यक्रमका बीच  नगरपालिकाको सातौं  नगरसभा   सम्पन्न भएको हो।

    उक्त सभा मार्फत नगर उपप्रमुख पुनम कर्णले आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुहुँदै चालु आर्थिक वर्षका लागि नगरसभाबाट ५७  करोड ७७ लाख ४६ हजार २९ रुपैया बजेट पारित भएको जानकारी गराउनु भएको छ । उहाँले  चालु आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, , खानेपानी, विधुत, भौतिक पूर्वाघार निर्माण कार्य,विपद व्यवस्थापन ,सुशासन प्रबर्द्धन ,सीप तथा रोजगार ,सूचना तथा प्रविधि प्रबर्द्धन ,महिला तथा बालबालिका विकास जस्ता कार्यक्रमहरू विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको जानकारी दिनुभएको छ।

   आयोजित नगर सभाको  उद्घाटन नगरप्रमुख राय र उपप्रमुख कर्णले संयुक्तरूपमा गर्नुभएको थियो भने स्वागत मन्यव्य प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले राख्नु भएको थियो।

   कबिलासी बजारमा आयोजना भएको यस नगरसभामा कबिलासी नपाका पुर्व नगरप्रमुख कौशल किशोर यादव,  सर्लाही क्याम्पसका पुर्व चिफ कृष्णदेव राय,नेपाली काँग्रेसका नेता जगरनाथ राय,विनय कर्ण,रघुनाथ राय, १० वटै वडाका वडाअध्यक्ष,वडा सदस्य,कार्यपालिका सदस्य, कबिलासी नपा अन्तर्गतका विभिन्न शाखाका संयोजक,विभिन्न विद्यालयका प्रअ,पालिकाका कर्मचारी ,पत्रकार लगायत स्थानीयबासीहरुको बाक्लो  उपस्थिति रहेको थियो।

   कार्यक्रमको संचालन प्रशासन शाखा प्रमुख रामवचन रायले गर्नुभएको थियो।

No comments:

Post a Comment