Tuesday, June 21, 2022

आजबाट सर्लाहीमा पनि सुरु भयो कोभिड १९ घुम्ती खोप सेवा

 



लोकतन्त्र समाचारदाता---

सर्लाही, असार ७

    मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशका आठवटै जिल्लामा कोरोना भाइरस महामारी नियन्त्रणको लागि  कोभिड १९ घुम्ती खोप सेवाको शुभारम्भ गर्नु भएको छ । सोही क्रममा आजबाट सर्लाही जिल्लामा  पनि यो सेवाको सुभारम्भ गरिएको छ।

    घुम्ती शिविर मार्फत  जिल्लाका गाउँ-गाउँ तथा टोल-टोलमा गएर स्थानीय जनताहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाइने जनाइएको छ।

     उक्त घुम्ती सेवाको आज एक कार्यक्रमका बिच मधेश प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउत,महिला  बालबालिका तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंह र  समाजिक विकास मन्त्री नवल किशोर साहले संयुक्तरूपमा उद्घाटन गर्दै शुभारम्भ गरेका छन् ।  

No comments:

Post a Comment