Wednesday, June 1, 2022

मलंगवा नगरपालिकाको नगर कार्यपालिकाले पुर्णता पायो


==काँग्रेसबाट ४ जसपाबाट ३ र एमालेबाट १ जना सदस्यहरु निर्वाचित====


लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ १८

   मलंगवा नगरपालिकाको नगर कार्यपालिकाले पुर्णता पाएको छ। कार्यपालिका सदस्यहरु चयन गर्नकालागि आज(बुधबार)भएको निर्वाचनमा दलित र अल्पसंख्यकबाट गरि जम्मा ८ जना सदस्यहरु निर्वाचित भएपछि  मलंगवा नगरपालिकाको कार्यपालिकाले पुर्णता पाएको हो।

   नेपाली कांग्रेस र जसपा बीचको गठबन्धनबाट 

कांग्रेसबाट ४ जना र जसपाबाट ३ जना  र  एमालेबाट १ जना गरि जम्मा ८ जना कार्यपालिका सदस्यहरुमा निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ।

   निर्वाचित हुनेहरुमा सिता देवी मेस्तर, सोविता देवी , जसिया देवी, मुरारी पासवान कविता देवी,अमिरखा  देवी, दयाराम मंडल र रामनन्दन महतो रहेका छन् ।

   निर्वाचित सबै कार्यपालिका सदस्यहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय मलंगवाले बुधबार निर्वाचित भएको घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेको छ । 

   नव निर्वाचित कार्यपालिका सदस्यहरुलाई प्रमाण पत्र वितरण गर्न आयोजना गरेको कार्यक्रममा उपस्थित हुनु भएका मधेस प्रदेश मामिला सभापति अशोक यादव  र मलंगवा नगरपालिका नगर प्रमुख नागेन्द्र प्रसाद यादवले उहाँहरुलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिनुभएको छ।


No comments:

Post a Comment