Tuesday, June 28, 2022

लागुऔषधसहित सर्लाहीबाट चारजना पक्राउ

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,असार १४

    सर्लाहीको विभिन्न स्थानबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन्।

   जिल्ला प्रहरी कार्यालय सर्लाहीका  अनुसार सोमबार दिउँसो पौने १२ बजेको समयमा कबिलासी नगरपालिका वडा न-८ अगर्वा स्थित नवलपुर-मलंगवा सडक खण्डमा मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको पैदल यात्री सुनसरी जिल्लाको धरान नपा वडा न-७ बस्ने कुमार राईको छोरा  अन्दाजी वर्ष २० को एलिक्स राईलाई सशस्त्रको अगर्वा चेक पोस्टमा खटिएका सशस्त्र प्रहरीको टोलीले शंका लागेर चेक जाँच गर्दा निजलाई ४० पत्ता नाइट्रोभेट नामक लागुऔषधसहित नियन्त्रणमा लिएको छ।निजलाई बरामद गरिएको लागुऔषधसहित नियन्त्रणमा लिइ अनुसंधान भइरहेको छ।

     त्यसैगरी सोही दिन सोही नगरपालिकाको अगर्वामा गस्तीमा रहेका प्रहरी टोलीले  बिहान पौने ११ बजेको समयमा रौतहट जिल्लाको चन्द्रपुर नपा-२ बस्ने सुरेश चौधरीको छोरा वर्ष १९ को सुमित चौधरीलाई शंका लागेर चेकजाँच गर्दा निजको साथबाट ५ पत्ता नाइट्रोभेट ट्याबलेट बरमद भएको छ।निजलाई बरामद लागुऔषधसहित नियन्त्रणमा लिइ आवश्यक कार्यवाहीको लागि हिरासतमा राखिएको जिप्रका सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले जनाएको छ।

    यस्तै सोमबार दिउँसो जिल्लाको लालबन्दी नगरपालिका वडा न-१ को भित्री सडक खण्डको गोरु बजार स्थित बाट विशेष सूचनाको आधारमा खटिगएका प्रहरी टोलीले ना ३७ प ४८९५ नम्बरको मोटरसाइकललाई शंका लागि रोकेर चेकजाँच गर्दा उक्त मोटरसाइकलको बिच भागमा स्याउको कार्टुन भित्र रातो प्लास्टिकले बेरिएको दुईवटा पोकामा अन्दाजी १० किलो लागुऔषध गाँजा फेलापारेको छ।

   प्रहरीले फेला परेको सो परिमाणको गाँजा र गाँजा लिएर आउने मोटरसाइकल चालक सोही ठाउँ बस्ने स्थानीय दुखी महतोको छोरा अन्दाजी वर्ष २० को जितेन्द्र कुमार महतो र पछाडी सवार शिवधारी महतोको छोरा अन्दाजी वर्ष २४ को रविन कुमार महतोलाई मोटरसाइकल र गाँजासहित नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागि हिरासतमा राखेको प्रहरी प्रबक्ता डिएसपी यादवले जानकारी दिए।

No comments:

Post a Comment