Wednesday, June 29, 2022

गोडैताम अलकत्रा बोकेको ट्यांकर पड्कियो,मजदुरसहित सातजना घाइते



लोकतन्त्र समाचारदाता----

सर्लाही,असार १५

   हुलाकी सडक निर्माणकार्यका लागि प्रयोग भएको अलकत्रा बोकेको ट्यांकर पड्किएर सर्लाहीको गोडैतामा सातजना ब्यक्तिहरु धाइते भएका छन्।

     गोडैता नगरपालिका वडा न-४ रोहुवास्थित बन्दै गरेको हुलाकी सडकमा मंगलबार साँझ करिब ६ बजे  तातो अलकत्रा बोकेको ना १ क ६०३९ नम्बरको ट्यांकर  वेल्डिङ्ग गर्ने क्रममा पड्किँदा सडकमा काम गरिरहेका मजदुरसहित सात जना जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी  विजय यादवले जानकारी दिए ।चारजनाको अवस्था रहेकोले उनीहरुलाई सोही दिन थप उपचारको लागि काठमाडौ स्थित कीर्तिपुर अस्पताल  रेफर गरिएको प्रहरीले जानकारी दिए।

   प्रहरीले दिएको जानकारी अनुसार घाइते हुनेमा गोडैता-४ रोहुवाका २० वर्षीय शिवु चौधरी, उनका भाई १९ वर्षीय अनुराग चौधरी,  ३५ वर्षीय बिजुली राउत, १९ वर्षीय अभिषेक पटेल तथा  हुलाकी सडक निर्माणकार्यका मजदुरहरु रौतहट जिल्ला माधवनारायण नगरपालिका वडा न-४ का ३० वर्षीय सुरेन्द्र हजारी,  चन्द्रनिगाहपुर नपा-४ का  ३२ वर्षीय राजीव साह र पर्सा जिल्ला बहुदरामाई नपा-६ का ३८ वर्षीय गोपाल यादव रहेका छन् ।

   अहिले उक्त हुलाकी सडकको निर्माणकार्य  ईन्दु एण्ड ठोकर एण्ड साह निर्माण कम्पनीले गरिरहेको छ ।

No comments:

Post a Comment