Saturday, June 4, 2022

सर्लाहीकै सबैभन्दा कम उमेरका गाउँपालिका अध्यक्ष राजाबाबु माओवादी अध्यक्ष प्रचण्ड द्वारा सम्मानित

 



 


राकेश गुप्ता ---

सर्लाही, जेठ २१ 

   सर्लाहीमा २२ वर्षकै उमेरमा रामनगर गाउँपालिकाको अध्यक्षमा राजाबाबु यादव निर्वाचित भएपछि सर्लाही सहित देशैभरी राजाबाबुको चर्चा हुन थालेको छ । देशैभरीमा नेकपा माओवादीको तफ बाट कान्छो अध्यक्ष पदमा राजाबाबु रामनगर गाउँपालिकामा निर्वाचित भएका थिए।

     पहिलो पटक राजाबाबु काठमाडौं गएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल प्रचण्डले राजाबाबुलाई खुसि भई सम्मान गरेको हो । राजाबाबु २२ वर्षमै अध्यक्षमा निर्वाचित भएकोले माओवादीको गरिमा बढेको हुदाँ प्रचण्डले आफ्नै निजि निवासमा बोलाई राजाबाबुलाई शनिवार सम्मान गरेको राजाबाबुको निजि सचिवालयले जनाएको छ ।

   क्षेत्र नं. ४ मा २ पालिकामा माओवादीले जितेको र त्यो जितमा राजाबाबुको अहम भुमिका भएको हुदाँ पार्टीको साख जोगाउने काम राजाबाबुले गरेकोले प्रचण्डले शुभकामना व्यक्त गर्दै सम्मान गरेको राजाबाबुको निजि सचिवालयले जनाएको हो ।

   सर्लाहीमा नेकपा माओवादीले ४ पालिका जित निकोलेको छ । जसमध्ये नेकपा माओवादी बाट बलरा नगरपालिकामा नगर प्रमुखमा रामाशंकर प्रसाद कुशवाहा र उपप्रमुखमा कोशिला देवी निर्वाचित भएको थियो ।

    रामनगर गाउँपालिकामा अध्यक्षमा राजा बाबु उपाध्यक्षमा गिता देवी, बागमती नगरपालिकामा नगर प्रमुखमा भरत कुमार थापा र नगर उप–प्रमुखमा लिला कुमारी मोक्तान र हरिवन नगरपालिकामा मेयर पदमा कमल बुढाथोकी निर्वाचित भएको थियो । २०७४ को निर्वाचनामा माओवादीले बरहथवा, बागमती र चक्रघट्टा गाउँपालिकामा जित निकालेको थियो ।


No comments:

Post a Comment