Tuesday, June 21, 2022

लागुऔषध दुर्व्यसनीहरुलाई यसको सेवन तथा लतबाट ब्यक्तिगत तथा सामाजिक जिवनमा पर्ने प्रभावको बारेमा जानकारी गराइयो

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,असार ७

     जिल्ला प्रहरी कार्यालय सर्लाहीले लागुऔषध विरुद्ध जनचेतनामूलक कार्यक्रम मलंगवामा आयोजना गरेको छ।

    सोमबार जिप्रकाको प्रांगणमा एक कार्यक्रमको आयोजना गरि जिल्लाका विभिन्न गाउँ,टोल घरभई लागुऔषध तथा मादक पदार्थ सेवनको लतमा लागेर समाजबाट अपहेलित भएका  लागुऔषध सेवनकर्ताहरुलाई लागुऔषध सेवनबाट ब्यक्तिगत तथा सामाजिक जिवनमा पर्ने प्रभाव र यसबाट जोगिन अपनाउनुपर्ने उपाएको बारेमा जनचेतनामूलक जानकारी गराइको छ।

    युवायुवतीमा शारीरिक र भावनात्मक परिवर्तन आउँदा लागुऔषध तर्फ आकर्षित हुने गरेकोले यसको लतमा फसेका २७ जना लागुऔषध सेवनकर्ताहरुलाई सर्लाही प्रहरी प्रमुख एसपीले निजहरुको अभिभावकलाई समेत समावेश गरि व्यवहारिक जिवनको यथार्थ विषयवस्तुको सेरोफेरोमा रहेर जनचेतनामूलक जानकारी गराउनु भएको छ।

No comments:

Post a Comment