Saturday, June 18, 2022

पब्लिक र रामगुलाम माविद्वारा मलंगवाका नव निर्वाचित जनप्रतिनिधिहरु सम्मानित

 



लोकतन्त्र समाचारदाता----

सर्लाही,असार ४

     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२ स्थित जिल्लाकै सबैभन्दा पहिलो तथा पुरानो विद्यालय पब्लिक माविले  मलंगवा नपाका  नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाईको साथै सफल कार्यकालको शुभकामना दिंदै सम्मानित गरेको छ।

      उक्त विद्यालयले  स्थानीय तह निर्वाचन २०७९ मा मलंगवा नपामा निर्वाचित भएका नगर प्रमुख नागेन्द्र प्रसाद यादव,उपप्रमुख शकुन्तला देवी साहसहित वडा न १ देखि वडा न-१२ सम्मका सबै नवनिर्वाचित वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरूलाई शुक्रवार एक समारोहको आयोजना गरि सम्मान पत्र, दोसल्ला , अविर र माला लगायर बधाईका साथ सम्मानित गरेको हो। 

    कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्नुभएका नगर प्रमुख नागेन्द्र प्रसाद यादवले  यस नगरपालिका क्षेत्र  भित्रका सबै सामुदायिक विधालयहरूको स्तरोन्नतिमा लगानी गर्ने बताउनु भएको छ।

      सोही अवसरमा विद्यालयले युवा नेता कौशल किशोर राय, शिक्षा विकास तथा समन्वय इकाइका निमित्त इकाइ प्रमुख सुनिल कुशवाहा, नगरका शिक्षा, युवा तथा खेलकुल शाखा प्रमुख प्रमोद मण्डल, शिक्षाकर्मी  महेन्द्र यादव, ननीपत यादव लगायतलाई समेत माला अविर र गमछा ओढाएर  सम्मानित गरेको विद्यालयका शिक्षक राम विश्वास साहले जनाएको छ।

   कार्यक्रममा उपस्थित अतिथिहरुले  तराई मधेशको शिक्षा क्षेत्रमा मौलाउदै गएको भन्दै चिन्ता व्यक्त गर्दै  शैक्षिक विकृतिलाई क्रमश: न्यूनीकरण गर्दै जानु पर्नेमा जोड दिएका थिए।

    यसैगरी सोही दिन(शुक्रवार)मलंगवा नपा वडा न-५,भाँडसर स्थित श्री राम गुलाम जनता मा. वि ले पनि एक कार्यक्रमको आयोजना गरि  मलंगवा नपा वडा न-५ का नवनिर्वाचित वडा अध्यक्ष मो. जुल्फकार अलीसहित नव निर्वाचित वडा सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ । 

No comments:

Post a Comment