Saturday, June 18, 2022

विषादी प्रयोग गरी पकाइएको आँप बजरबाट किनेर लगेको भोली पल्टै कुहिए पनि किन्न बाध्य उपभोक्ता

 



मनोज यादव---

सर्लाही,असार ४

    मधेश प्रदेश अन्तर्गत सर्लाहीका बजारहरु अहिले विषादी हालेर पकाइएको भारतीय आँपले भरिएको छ।सदरमुकाम मलंगवा लगायत जिल्लाका अन्य सबै  सहर बजारहरुमा कार्वाइड नामक विषादी प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको पाइएको छ ।

   स्थानीय किसानको फुलबारी(बगैंचा)मा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि महँगो दरमा बेचेर बढी रुपैयाँ कमाउने लोभमा नेपालीको साथै भारतीय व्यापारीले शरिरलाई हानी पुर्याउने कार्वाइड नामक विषादीको प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका छन् ।

    अहिले भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्वाइड प्रयोग गरी पकाइएका आँप मात्र बिक्री भइरहेको मलंगवाका एक फलफुल ब्यापारीले बताएको छ।

   विषादी प्रयोग गरेर पकाइएको आँपले स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले त्यस्तो आँप नखान मलंगवा नपा-९ स्थित ट्रिनिटी हेल्थ केयर हस्पिटलका डाक्टर राम विश्वास रायले  सुझाए ।

    यतिबेला बजार अनुगमनको खाँचो भएकोले सम्बन्धि निकायले पनि यसलाई गम्भीरताका साथ लिएर तत्कालै  अनुगमन गरि विषादी हालेर पकाइएको आँप बिक्री वितरणमा रोक लगाउनुपर्ने स्थानीय उपभोक्ताहरुले बताएका छन् । 

   सर्लाही जिल्लामा मात्र नभइ छिमेकी जिल्लाहरु,रौतहट ,महोत्तरी, धनुषा लगायत मधेश प्रदेशका अन्य जिल्लाहरुमा पनि विषादी हालेर पकाइएको आँपको खुलेआम बिक्री भइरहेको छ ।


No comments:

Post a Comment