Saturday, June 25, 2022

बालश्रम न्युनिकरणको लागि सरोकारवालाहरु सँग छलफल




लोकतन्त्र समाचारदाता---

सर्लाही,असार ११

    सर्लाही जिल्लामा विद्यमान बालश्रम न्युनिकरण, नियन्त्रण तथा व्यवस्थापनको लागि मलंगवाको एक गैरसरकारी संस्थाले सरोकारवाला निकायका प्रतिनिधिहरु सँग छलफल गरेको छ।

   आज(शनिवार)बिहान ज्वाइन आवर हैण्ड्स नामक गैरसरकारी संस्थाले जिल्ला समन्वय समिति सर्लाहीका उपसभापति जितेन्द्र कुशवाहाको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि विभिन्न क्षेत्रका अधिकारकर्मीहरु सँग बालश्रम न्युनिकरण,नियन्त्रण तथा व्यवस्थापनको विषयमा छलफल गरिएको आयोजक संस्थाका अध्यक्ष राजेश पंडितले जनाएको छ।

    मलंगवा नगरपालिका वडा न-८ स्थित बालमन्दिरको प्रांगणमा भएको छलफल कार्यक्रममा संस्थाका सदस्यहरुसहित मानव अधिकारकर्मी  मुकेश मिश्र, दलित अधिकारकर्मी राजेश पासवान, बाल अधिकारकर्मी सुन्दर श्याम यादव,बालमन्दिरका प्राधानाध्यापक एवं शिक्षाप्रेमी जितेन्द्र लाल दास लगायतको  उपस्थिति रहेकाे थियाे।

    सोही अवसरमा आयोजक संस्थाले  जिसस सर्लाहीका नवनिर्वाचित उपसभापति कुशवाहालाई मधेशको सान गमछा ओढाएर सम्मान समेत गरेका थिए।

No comments:

Post a Comment